भिक्टोरियामा नाजी पार्टीको स्वस्तिक चिन्ह प्रयोग गरेमा १२ महिना जेल र २२ हजार डलर जरिबाना

0
87

अष्ट्रेलिया। भिक्टोरियामा नाजी पार्टीको चिन्ह स्वस्तिकमाथि प्रतिबन्ध लागेको छ। बुधबार भिक्टोरियाको संसद्ले नाजी पार्टीको चिन्हमा प्रतिबन्ध लगाउने ऐन पास गरेको हो।

भिक्टोरिया नाजी स्वस्तिकमा प्रतिबन्ध लगाउने पहिलो अष्ट्रेलियाको क्षेत्राधिकार बनेको छ। अघिल्लो महिना उक्त राज्यको उत्तर-पश्चिममा पर्ने ब्युलाहको एक निजी निवासमा नाजी स्वस्तिका सहितको झन्डा फरफरीए पछि भिक्टोरियाली लिबरल पार्टीको उक्त प्रस्ताव सार्वजनिक भएको हो। यदी कसैले यस प्रतिबन्धको अवहेलना गरेमा जेल सजाय र ठूलो जरिवानाको सामना गर्नुपर्नेछ। मंगलबार भिक्टोरिया संसदको दुवै सदनबाट नाजीको चिन्हलाई सार्वजनिक रूपमा र जानाजानी प्रदर्शन गर्ने अपराध हुने नियम पारित गरेको हो। यदी कसैले नाजीको स्वस्तिक चिन्ह प्रयोग गरेमा १२ महिना जेल र २२ हजार डलरसम्म जरिबाना तिर्नु पर्नेछ।

जुनसुकै देशमा बसे पनि हामीले आफ्नो धर्म निर्बाध रूपमा मान्ने अधिकार हुनुपर्छ। अष्ट्रेलिया त झन् झन् असङ्ख्य आप्रवासीहरू मिलेर बनेको देश हो र यहाँ नीति निर्माण गर्दा सबैको धारणा बुझेर अगाडी बढ्ने चलन छ। स्वस्तिक चिन्ह सांस्कृति र धार्मिक कार्यमा भने यो चिन्ह प्रयोग गर्न पाइने प्रावधान राखिएको छ। विशेषगरी हिन्दु धर्ममा स्वस्तिक चिन्ह प्रयोग भएको देख्न सकिन्छ।

महान्यायाधिवक्ता ज्याक्लिन साइम्सले एक विज्ञप्तिमा यो प्रतीकले थप पीडा र विभाजन बाहेक केही नगर्ने तर्क प्रस्तुत गरे। मानहानि विरोधी आयोगका अध्यक्ष डीभिर अब्रामोविचले प्रतिबन्धको स्वागत गरे, जसका लागि उनले विगत पाँच वर्षदेखि अभियान चलाइरहेका छन्। यो ऐन छ महिनाभित्र लागू हुनेछ।