“अष्ट्रेलिया जस्तो राम्रो र विकशित देशमा पुगेपछि उतै नै सेटल हुनु ठिक”

0
62

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ । अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, बालाजु घर हुनुभएकी चन्द्रा सिटौलासँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो छोरीले उपहार पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफु टाढा भएता पनि आफ्नो परिवारको खुसीको लागि त्यति टाढाबाट सम्झेर उपहार पठाउँदा धेरै खुसी लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
छोरी अष्ट्रेलिया गएको ६ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
छोरी अष्ट्रेलियाको एडीलेडमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो छोरी राम्रो ठाउँमा खुट्टा टेकेको हुँदा अवश्य पनि खुसी लाग्छ नि ! उसले आफ्नो पढाईको साथ साथै भविष्यलाई पनि हेरेर अघि बढेको हुँदा धेरै राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
म संग मेरो छोरीको यति सम्झना आउँछ भनेर भन्नको लागि कुनै शब्द नै छैन। आफ्नो सन्तान बिना घर पुरै सुन्नो हुन्छ। चाडपर्वको बेलामा मात्र नभई सधैँ सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उ आफ्नो लागि दिनरात नभनी अरुको देशमा दु:ख गरेको हुँदा यसमा हामीले केहि भन्नु मिल्दैन। छोरीले नेपाल नै फर्किन्छु भनेपनि ठिक छ, उतै सेटल हुन्छु भने पनि ठिक छ। जता बसेपनि नानी खुसी हुनुपर्छ। त्यो खुसीमा नै हामी सबै परिवार खुसी हुन्छौ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिले सम्म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियामा नगएको हुँदा मलाई त्यहाको बारेमा के राम्रो के नराम्रो भन्ने केहि थाहा भएन् ।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
अब २/३ महिनामा घुम्नको लागि अष्ट्रेलिया जाने सोच बनाएको छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मेरो विचारमा यी देशहरुमा नै सेटल हुनु उचित लाग्छ । नेपालमा बसेर आफ्नो केहि भविष्य नै छैन। आफुले धेरै दु:ख संघर्ष गरेर त्यहाँ सम्म पुगेको हुन्छौ। अष्ट्रेलिया जस्तो राम्रो र विकशित देशमा पुगेपछि उतै नै सेटल हुनु ठिक हो। कमाउने उमेर सम्म कमाउनु बाकिं उमेर उतै रमाउनु होला। नेपालको भन्दा धेरै स्वस्छ हावापानी हुने हुँदा बच्चाबच्ची देखि बुढाबुढीसम्मको सबैलाई राम्रो हुन्छ। आफ्नो भविष्यको साथ साथै आफ्नो परिवारको पनि अवस्था हेर्ने पर्ने हुँदा विदेशमै सेटल हुनु राम्रो लाग्छ। सबै नेपालीहरु जुन देशमा सेटल भएपनि सधैँ खुसी रहनुहोला।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो ख्याल गर्नुहोला। धेरै रमाइलो गर्नुहोला भन्न चाहन्छु।