“स्वदेशमा रोजगार नभएको कारण परिवारको जिम्मेवारी घटाउन विदेशिनु बाध्य”

0
71

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ घर हुनुभएको विकाश सापकोटासँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मलाई अष्ट्रेलियाबाट मेरो भाउजुले पठाइदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो भाई जस्तै मानेर मेरो लागि त्यति टाढाबाट उपहार पठाउनु भएको हुँदा अवश्य पनि खुसी लाग्छ नि !

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया जानुभएको ५/६ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
भाउजु अष्ट्रेलियाको सिड्नीमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो देश र परिवारलाई छोडेर आफ्नो साथै बाबुनानिको पनि भविष्य राम्रो बनाउन जानुभएको हुँदा धेरै राम्रो अनि खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वको बेलामा मात्र होइन, आफ्नो परिवारको सदस्य आफुबाट टाढा हुँदा सधैँ सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उहाँहरुले आफ्नो छोराछोरीको लागि बाध्यताले परिवारबाट टाढा जानुभएको हुँदा यसमा हामीले केहि भन्नु मिल्दैन। उहाँहरु आफ्नो खुसीले जता बसेर राम्रो भविष्य बनाउनु हुन्छ उतै नै सेटल हुनु राम्रो जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिले सम्म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अहिले सम्म पनि नगएको हुँदा त्यहाँ के राम्रो छ र के नराम्रो छ भन्ने मलाई केहिपनि अनुभव छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म पढ्नको लागि अष्ट्रेलिया जाने सोच बनाएको छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यी देशहरुमा गएर सेटल हुनेहरुलाई हामीले नराम्रो भन्नु मिल्दैन। आफ्नो खुट्टामा आफैँ उभिन र आफ्नो भबिष्यको लागी भएपनि यी देशहरुमा सेटल हुनुपर्छ। सधैँ आफ्नो देश र परिवार भनेर मात्र पनि हुँदैन, भविष्य राम्रो बनाउनको लागि धेरै दु:ख र संघर्ष गर्नुपर्छ। परिवारको जिम्मेवारी घटाउन र आफन्तको प्यारो हुन भएपनि विदेशिनु पर्ने रहेछ। नेपालमा राम्रो केहि रोजगार नभएको कारणले धेरै नेपालीहरु स्वदेश छोड्न बाध्य छन्। सबै नेपालीहरु आफ्नो भविष्यको लागि विदेश गएपछि उतै सेटल हुँदा खासै फरक पर्दैन जस्तो लाग्छ। आफु जता सेटल भएपनि स्वदेशको र आफ्नो परिवारको माया नमार्नु होला।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
सबै नेपाली दिदीबहिनीहरुलाई मेरो तर्फबाट मिठो सम्झना अनि माया भन्न चाहन्छु।