तास्मानीयामा आफन्त भेट्न आएका अभिभावहरुलाई लक्षित गर्दै बनभोज कार्यक्रम, जुन २५ मा

0
63
बनभोज कार्यक्रम ,जुन २५ मा
बनभोज कार्यक्रम ,जुन २५ मा

अष्ट्रेलिया । तास्मानीयामा रहेका नेपाली अभिभावकको बनभोज जुन २५ मा हुने भएको छ। प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले तास्मानीयामा रहेर आफन्तलाई भेट्न आएका अभिभावहरुलाई लक्षित गर्दै बनभोज कार्यक्रमको आयोजना गरेको हो।

तास्मानीयामा रहेका नेपाली समूदायसँगै नेपाली मूलका अभिभावक, अग्रजहरुलाई स्वागत गर्ने र एकआपसमा घुममिल हुने उद्देश्यले मञ्चले आउँदो जुन २५ तारिखका दिन बनभोज आयोजना गरेको हो।

बनभोज कार्यक्रम र भेटघाट होहो हटपार्क लान्सेस्टनमा मा हुने प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले जानकारी दिएको छ। तास्मानीया राज्य कमिटिले सबैमा हार्दिक निमन्त्रणा गर्दै आफ्नो समयले भ्याएसम्म उपस्थित भइदिन आग्रह गरेको छ। नाम दर्ता गरेकाले होबार्ट र नर्थवेस्ट तास्मानियाबाट यतायतको सुबिधा पाइने मञ्चले बताएको छ।