दिदीबहिनी समाज भिक्टोरीयाको दूई दिने मदर्स जे रिट्रीट नेपालको झल्को दिलाउने पहाडको अवलोकनका साथ सम्पन्न

0
232
दिदीबहिनी समाज भिक्टोरीया
दिदीबहिनी समाज भिक्टोरीया

अष्ट्रेलिया। दिदीबहिनी समाज भिक्टोरीयाले आयोजना गरेको दूई दिने मदर्स जे रिट्रीट सफलतापुर्वक सम्पन्न भएको छ। पछिल्लो समयमा पनि मदर्स डे को अवसरपारी महिलाहरुको लागि सम्मान, सम्बन्ध, मानसिक र शारीरिक स्वास्थ्य कल्याणको उद्देश्य सिग्नेचर कार्यक्रमको रुपमा आयोजना गर्दै आएको छ।

दिदीबहिनी समाज भिक्टोरीया
दिदीबहिनी समाज भिक्टोरीया

कार्यक्रममा मेलबर्नका विभिन्न क्षेत्रका साथै जिलोङ, सेफाटन, बलाराटका दिदीबहिनीहरुको सहभागीता रहेको थियो। गत वर्ष Cultural learning and Sharing को हिसाबले एबोर्जिनहरु बसोबास गर्ने क्षेत्रमा मनाएको थियो भने यो वर्ष कार्यक्रमको स्लोगन Beyond the Happiness रहेको थियो। जसमा ५३ जना दिदीबहिनीको टोली रहेको थियो। दिदीबहिनीहरुले गीत गाउँदै, नाँच्दै, सायरी भन्दै लुमन्ती मेलबर्नको डुनोट र चियाको चुस्कीमा रमाईलो गर्दै ग्लेनरोय, वेरेवी, बालाराट हुँदै करिव चार घण्टाको यात्रा पछि Halls Gap पुगेर टुङ्गिएको थियो।

दिदीबहिनी समाज भिक्टोरीया
दिदीबहिनी समाज भिक्टोरीया

ब्रह्मा कुमारी राज योग केन्द्र, नेपालको प्रशासनिक शाखाका राष्ट्रिय अध्यक्ष विजयराज सिग्देल द्वारा करिब साडे एक घण्टा खुशी हुने कला, तनाब व्यवस्थापन, परिवार, साथी, बच्चाहरु आत्मविश्वास निर्माण लगाएतका विषयमा नेपालबाट भर्चुअल जानकारी समावेश गरिएको थियो। आफ्नो देश नेपालको शौन्दर्यतालाई स्मरण गर्दै झल्को दिलाउने हिसावले चारै तिर ठुला ठुला पहाडले घेरिएको अतिनै सुन्दर र मनमोहक दृश्यले भरिपुर्ण पहाडको खोंजमा अवस्थित ब्याप्टिस्ट क्याम्पमा दिदीबहिनीको टोली गएका थिए।

दिदीबहिनी समाज भिक्टोरीया
दिदीबहिनी समाज भिक्टोरीया

दिदीबहिनी समाजकी अध्यक्ष डा. जमुना पराजुलीले हेप्पी हार्मोन सम्बन्धी जानकारी मुलक सामाग्री सुनाउनुको साथै यो कसरी पैदा हुन्छ र यसको बैज्ञानीकीय आवस्यकता र महत्व कसरी र किन हुन्छ भन्ने व्याख्या गर्नु भएको थियो। यस कार्यक्रमको संयोजक दिदीबहिनी समाज मेल्टोन युनिट संयोजक वर्षा केसी राजभण्डारीले गर्नु भएको थियो भने समग्र व्यवस्थापन दिदीबहिनी समाज पश्चिम एकाइ समितिकी संयोजक समेत रहनु भएकी रोशनी श्रेष्ठले गर्नु भएको थियो।

दिदीबहिनी समाज भिक्टोरीया
दिदीबहिनी समाज भिक्टोरीया

मदर्स जे रिट्रीट दुई दिन (१७ र १८ मे) मा सम्पन्न भएको कार्यक्रम भव्य, सभ्य तरिका व्यवस्थापन गरेकोमा आयोजकलाई सहभागी सबै दिदीबहिनीले धन्यबाद दिदै आगामी दिनमा यस्ता कार्यक्रमलाई बढी प्राथमिकता दिनेमा सबैले जोड गरेका थिए।