मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १० हजार २ सय ४ जना नयाँ संक्रमित थपिएका छन्। बिहिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १६ हजार ५५ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा ९ जना संक्रमितले ज्यान गुमाएका छन्।
भिक्टोरियामा हाल ५५ हजार १ सय ५४ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय २५ जनाको अस्पतालमा उपचार भइरहेको छ।