भरतपुरको अरोमा कलेजमा पढ्दै आएका समीप पौडेल जेठ ९ गतेदेखि बेपत्ता

0
97

चितवन। चितवनको भरतपुर महानगरपालिका–१० अरोमा कलेजमा पढ्दै आएका समीप पौडेल बेपत्ता भएका छ्न् ।

रुपन्देही जिल्लाको कन्चन गाउँपालिका–४ हरैया स्थायी घर भएका पौडेल जेठ ९ गतेबाट बेपत्ता भएका हुन्। उनी बुटवलबाट चितवनमा कक्षा १२ को परिक्षा दिन हिँडेका थिए। त्यसपछि सम्पर्कमा नआएको उनका परिवारले जनाएका छन्।

चितवन आउने भनेपनि उनले काठमाडौँ जाने टिकेट लिएको बुझिएको छ। गहुँगोरो वर्णका १८ वर्षीय पौडेलले चस्मा लगाएका छन्।

उनलाई कतै कसैले भेटेको अवस्थामा नजिकैको प्रहरी कार्यालयमा अथवा ९८४५५४९४७१, ९८४५१५६४१२, ९८५१२२४७७३ र ९८४५०८९५४६ मा सम्पर्क गरिदिन उनका परिवारले अनुरोध गरेका छन् ।