नेपाली र अष्ट्रेलियन बैंकबीच सहकार्य सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
78

मेलवर्न। अष्ट्रेलियाको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली बैंकका प्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बुधबार नेपाली बैंकरहरुको उच्चस्तरीय टोलीलाई केन्द्रीय कार्यालयमा स्वागत गर्दै अन्तरक्रिया सम्पन्न गरेको हो।

कोबर्गस्थित सम्पन्न कार्यक्रममा नेपाली बजारमा लगानीको अवसर तथा अष्ट्रेलियावासी नेपालीका लागि डलर अकाउन्टको बारेमा छलफल गरिएको थियो। जसमा हिमालयन बैंक, एनसीसी बैंक, बैंक अफ काठमाडौं, कुमारी बैंक, सीवाईसी नेपालका अध्यक्ष तथा व्यवस्थापकहरु अतिथिका रुपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै एनआरएनए भिक्टोरिया संयोजक हरि खड्काले नेपालका स्थापित बैंकका व्यक्तित्वहरुलाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपालीलाई एकै थलोमा भेट्ने अवसरको रुपमा यसलाई लिन पनि सकिने भन्दै आफ्नो धारणा व्यक्त गर्नुभयो। साथै उहाँले यी बैंकहरुको सहकार्यमा कुनै एउटा कार्यक्रम तत्कालै सुरु गर्ने तयारीमा रहेको पनि जानकारी दिनुभयो।

कार्यक्रममा अहिले नेपाली बैंकहरुमा देखिएको तरलता अभाव तथा रेमिट्यान्सका साथै एनआरएनहरुले बैंकरहरुसँग नेपालमा सुरु गरिएको डलर एकाउन्ट, नेपालमा एनआरएनको लगानी, बैंकहरुले प्रदान गर्ने सुविधा लगायतका विषयमा छलफल भएको थियो।