मेष – ARIES
आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। साथीको सहयोग मिल्नेछ।
वृष – TAURUS
मालसामान हराउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ।
मिथुन – GEMINI
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। कृषि कार्यमा प्रगति हुनेछ। रमणीय र सुखद् यात्राको योग छ।
कर्कट – CANCER
रोजगार वा नयाँ कार्यको अवसर मिल्नेछ। राजनैतिक वा कूटनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ।
सिंह – LEO
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।
कन्या – VIRGO
आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। आर्थिक क्षेत्रमा पनि सङ्कट र चिन्ता बढ्न सक्छ।
तुला – LIBRA
विद्या र बुद्धिको विकास हुनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कार्यसिद्धि हुने अवसर मिल्नेछ। गरेको कार्यमा सफलता मिल्नेछ।
वृश्चिक – SCORPIO
घरमा अतिथिको आगमन हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। लाभदायक यात्रा रहने र नयाँ कार्यको थालनी होला।
धनु – SAGITTARIUS
मित्र वा आफन्तको सहयोग मिल्नेछ मिष्ठान्न भोजन प्राप्ति होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। बौद्धिकताको विकास हुनेछ।
मकर – CAPRICORN
नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अग्रजहरूको सल्लाह र अनुभव अनुसार कामगरे सफलता मिल्नेछ।
कुम्भ – AQUARIUS
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। काम गर्ने हौसला मिल्ने छ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।
मीन – PISCES
छोटो दुरीको लाभदायक यात्रा रहला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। वैदेशिक कार्य अघि बढ्ने र धनार्जन हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।