अष्ट्रेलियाको भिक्टोरियामा थप ८ हजार ७ सय ३७ जना कोरोना संक्रमण पुष्टि

0
52

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ८ हजार ७ सय ३७ जना नयाँ संक्रमित थपिएका छन्। शनिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १५ हजार ३ सय ३९ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा २२ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ६५ हजार ६ सय १४ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय ४० जनाको अस्पतालमा उपचार भइरहेको छ।