नेपालीपन र संस्कृतिलाई जोगाउन अष्ट्रेलियाको डार्बिनमा नेपाल महोत्सब हुँदै

0
150
नेपाल महोत्सब

डार्विन। नेपाल र नेपालीको पहिचानको लागि नर्दन टेरिटोरीको डार्बिनमा नेपाल पर्व हुने भएको छ। नेपालीपन झल्काउनुको साथै नेपाली संस्कृतिलाई पनि चिनाउनको लागि गैर आवासीय नेपाली संघले नेपाली संघसंस्था र राज्य सरकारसंग सहकार्य गरेर सो फेष्टिभलको आयोजना गरेको हो।

नेपालको परम्परा, चाडपर्व, धर्म, सँस्कृति, नेपाली भाषाको लिपि देखि बाजा र हस्तकलाका समानहरु सहित विभिन्न स्टल राखेर नेपाललाई विश्व सामु चिनाउने उद्देश्यले नेपाल महोत्सबको आयोजना गरिएको एनआरएनए नर्दन टेरिटोरीका संयोजक विष्णु चापागाईले बताउनु भयो। नेपाल पर्वका आयोजना गर्न नर्दन टेरिटोरी सरकारले ५५ हजार डलर सहयोग उपलब्ध गराएको छ। जसमा नर्दन टेरिटोरी सरकारले ३० हजार डलर नगद र वाटरफ्रन्ट कर्पोरेसनले २५ हजार डलर खर्च गरेर स्टेज र कार्यक्रम स्थलको व्यवस्थापन गर्न लागेको छ। यसरी नेपाल महोत्सबलाई भब्य र सब्य रुपमा संचालन गर्नका लागि खाना तथा व्यवसायिक स्टलहरु लगायत गायन, नृत्य र पूर्व मेची देखि पश्चिम महाकली र हिमाल तराई सम्मका कला सँस्कृति र भेषभुषा झल्कने कल्चरल परेडको समेत व्यवस्था गरिएको संयोजक चापागाईले जानकारी दिनुभएको छ।

महोत्सब आगामी जुन ४ मा डार्बिन शहरको पर्यटकिय क्षेत्र ‘वाटर फन्ट’मा शनिबार ३ बजे देखि राति ९ बजे सम्म संचालन हुने भनिएको छ। नेपाली संस्कृतिलाई पनि नर्दन टेरिटोरी समुदायको एक महत्वपुर्ण हिस्साको रुपमा विकास गर्ने हिसाबले हेरिएको हुँदा महोत्सबमा कम्तीमा पनि १५ हजार भन्दा बढीको सहभागीता रहने आयोजक संस्थाको अनुमान छ।