लेबर पार्टीका एन्थोनी एल्बानिज प्रधानमन्त्रीमा निर्वाचित, ३ वर्ष अष्ट्रेलिया सरकारको नेतृत्व गर्दै

0
237
एन्थोनी एल्बानिज
एन्थोनी एल्बानिज

अष्ट्रेलिया । अष्ट्रेलियाको प्रधानमन्त्रीमा लेबर पार्टीका एन्थोनी एल्बानिज निर्वाचित भएका छन्। शनिबार भएको चुनावको मतपरिणाम अनुसार लेबर पार्टीको जितसँगै उनी प्रधानमन्त्रिमा निर्वाचित भएका हुन्।

शनिबारको निर्वाचनमा एल्बानिजले कूल आवश्यक पर्ने ७६ सिटमध्ये ७४ मा विजयी हात पार्दै लिबरल पार्टीका प्रधानमन्त्री स्कट मोरिसनलाई पराजित गरेका हुन्। लेबरलाई आफ्नै बहुमतको सरकार बनाउने सफलता मिल्छ या उसले अन्य साना पार्टीहरुको साथ लिनुपर्ने हो यो भने समाचार तयार पार्दा स्पष्ट भइसकेको छैन । सांसदका रुपमा स्कट मोरिसन जनताको बीच सदैव रहने बाचा गरेर आफु लिबरल पार्टीको नेतृत्वबाट राजीनामा दिने निश्चित भएपछि उनले लिबरल पार्टी नेताबाट राजीनामा दिएका हुन्। आफ्ना पार्टी समर्थकलाई सम्बोधन गर्दै मोरिसनले अर्को तीन वर्षपछि फेरि जनताले आफ्नो गठबन्धनलाई नै चुन्ने दावी गरेका छन्।

अब एल्बानिजले चुनाव जितेसंगै ३ वर्ष अष्ट्रेलिया सरकारको नेतृत्व गर्ने भएका छन्। आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै उनले अष्ट्रेलियालाई एकताबद्ध बनाएर लैजाने बताएका छन् । त्यस्तै मतदाताहरुलाई धन्यवाद दिँदै हरेक दिन मतदाताको सेवामा खटिने प्रतिबद्धता जनाउदै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले एल्बानिजलाई ३१ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका एन्थोनी एल्बानिजलाई बधाई ज्ञापन गरेका छन् ।