मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ९ हजार ३ सय ७ जना नयाँ संक्रमित थपिएका छन्। आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १५ हजार २ सय ८३ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा १० जना संक्रमितले ज्यान गुमाएका छन्।
भिक्टोरियामा हाल ७५ हजार २ सय ५८ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ।