मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ११ हजार ९ सय २५ जना नयाँ संक्रमित थपिएका छन्। शनिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १९ हजार १ सय ६ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा २१ जना संक्रमितले ज्यान गुमाएका छन्।
भिक्टोरियामा हाल ७६ हजार ८ सय ९१ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय ५२ जनाको अस्पतालमा उपचार भइरहेको छ।