अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु

0
105

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शनिबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ हजार ६ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार १ सय ८७ जना अस्पतालमा उपचाररत छन् भने ४१ जना आइ.सी.यु मा छन्।