सत्तारुढ दल लिबरलका उम्मेदवारलाई मेलबर्नवासी नेपालीको साथ

0
153

मेलबर्न। अष्ट्रेलियामा भोली (मे २१) संघीय निर्वाचनका हुने भएको छ। निवार्चनका लागि उठेका सत्तारुढ दल लिबरलका उम्मेदवारलाई मेलबर्नवासी नेपालीले साथ दिने भएका छन्।

कार्यक्रममा मेलबर्नमा रहेका ५० भन्दा बढी नेपालीमूलका व्यवसायीहरु सहभागीता जनाएका थिए। लिबरल फ्रेन्डस अफ नेपाल भिक्टोरियाले आयोजना गरेको कार्यक्रममा नेपाली समूदायका दिग्गज व्यक्तिहरुको उपस्थिति रहेको थियो। जसमा रहेर लिबर पार्टीका उम्मेद्वार माईकल सुक्करका लागि यहाँ रहेका नेपालीले चुनावी खर्च स्वरुप १५ हजार डलर सहयोग पनि गरेका छन्।

कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष शेष घले, जमुना घले, भिक्टोरियाका नेपाली महावाणिज्यदूत चन्द्र योन्जन, एनआरएनका पूर्वअध्यक्षहरु टोनु घोताने, केशव कँडेल सहभागी थिए। भने पूर्वअध्यक्ष एवं एमआईटीका संस्थापक शेष घलेले सत्तारुढ लिबरल पार्टीले कोरोना महामारीका बेला व्यवसाय र व्यवसायीलाई जोगाउने विभिन्न लोकप्रिय कार्यक्रम ल्याएपनि चुनावमा त्यसको जस लिन नसकेको धारणा राखेका थिए। कार्यक्रममा बोल्दै महावाणिज्यदूत चन्द्र योन्जनले लिबरल पार्टीलाई यहाँको सबैतहमा लैजानुपर्ने धारणा राखे।

उक्त कार्यक्रमका संयोजक रहेका घोतानेले सहायक अर्थमन्त्री, हाउजिंग र होमलेसनेस, सोसियल एण्ड कम्युनिटी हाउजिंगका मन्त्री रहेका माईकल सुक्करको चुनावी अभियानलाई सहायोग गर्न नेपाली समूदायको तर्फबाट कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए। माईकल सुक्करले लिबरल पार्टीको ईतिहास, जनताका लागि यसले गरेका कामहरु र आगामी दिनमा बहुसांस्कृतिक समाजको प्रबद्र्धनमा ल्याउने नीतिका विषयमा आफ्नो धारणा राखेका थिए।

माईकल सुक्करले यहाँको डेकिन क्षेत्रको प्रतिनिधित्व गर्दछन्। उक्त क्षेत्रबाट सन् २०१३ देखि नै उनी विजयी हुँदै आएका उनी यस पटकको निर्वाचनमा पनि उम्मेदवार बनेका छन्।