अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (मे २०)

0
81

मेष – ARIES
सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृष – TAURUS
आज गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

मिथुन – GEMINI
आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट – CANCER
आज धना हात पर्न सक्छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

सिंह – LEO
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वस्त्र पनि लाभ हुनेछ ।

कन्या – VIRGO
आज आयव्यय बराबरी खालको दिन छ । घर परिवारमा झैझमेलाको अवस्था आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

तुला – LIBRA
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वाहन सुख पनि मिल्नेछ।

वृश्चिक – SCORPIO
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

धनु – SAGITTARIUS
भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्राविधिक क्षेत्रबाट लाभ मिल्नेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।

मकर – CAPRICORN
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । घरायसी विवाद बढ्नेछ । चोटपटक पनि लाग्न सक्नेछ ।

कुम्भ – AQUARIUS
कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

मीन – PISCES
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमै निखारता पनि ल्याउनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।