

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १२ हजार ५ सय ५६ जना नयाँ संक्रमित थपिएका छन्। शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २० हजार ६ सय ९३ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा २३ जना संक्रमितले ज्यान गुमाएका छन्।
भिक्टोरियामा हाल ७६ हजार ७ सय ६५ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय १४ जनाको अस्पतालमा उपचार भइरहेको छ।