होबार्टमा ब्राइटन कलेज उद्घाटन

0
161

अष्ट्रेलिया । नेपालीको स्वामित्व भएको ब्राइटन कलेजले अष्ट्रेलियाको होबार्टमा शाखा विस्तार गरेको छ । पछिल्लो समय तास्मानिमा अन्तरराष्ट्रिय विद्यार्थीहरूको आकर्षण बढ्दै जान थालेपछि ब्राइटन कलेजले विद्यार्थीहरूको सहजताका लागि कलेजको शाखा विस्तार गरेको हो ।

होबार्ट सिटीका मेयर अन्ना रेयनल्ड्सले होबार्टमा खोलिएको उक्त शाखाको उद्घाटन गरेका थिए । उक्त उद्घाटन कार्यक्रममा ग्लोबल एजुकेशन स्टडी तास्मानियाका निर्देशक रिन वुडहाउस लगायत शिक्षा क्षेत्रमा लागेका व्यक्तिहरूको उपस्थिति रहेको थियो । विद्यार्थीहरूको चाहनालाई प्राथमिकतामा राखेर अध्यापन हुने र दक्ष जनशक्तिको उत्पादन गर्न सक्ने शिक्षा प्रदान गर्नु ब्राइटन कलेजको लक्ष्य रहेको छ।

उक्त कलेजमा डिप्लोमा विजनेश, कुकरी, हस्पिटालिटि म्यानेजमेन्ट, सूचना प्रविधि र कम्युनिटि सर्भिस विषय पढाइ हुने होबार्ट कलेजका म्यानेजर रजत चोपडाले जानकारी दिए । यस कलेजले मेलबर्न र ब्रिसबेनबाट पनि विद्यार्थीहरूलाइ शिक्षा प्रदान गरिरहेको छ ।