

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १३ हजार २ सय १ जना नयाँ संक्रमित थपिएका छन्। बिहिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २० हजार ७ सय ८८ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा १४ जना संक्रमितले ज्यान गुमाएका छन्।
भिक्टोरियामा हाल ७६ हजार ८ सय ६४ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय १२ जनाको अस्पतालमा उपचार भइरहेको छ।