अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु

0
100

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बिहिबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप १० हजार ९ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार २ सय ८३ जना अस्पतालमा उपचाररत छन् भने ४६ जना आइ.सी.यु मा छन्।