म्याग्दीको मंगला गाउपालिका ५, छिस्बाङ्गमा जन्मिएका सुमित मल्ल ठकुरी (भिष्म) अष्ट्रेलियामा Unley United क्लबबाट फुटबलमा चम्किदै

0
1154
सुमित मल्ल ठकुरी

नेपालको अत्यन्त रमणीय स्थानको रुपमा रहेको म्याग्दी जिल्लामा जन्मिएका सुमित आफ्नो अध्ययनका लागि काका काकीसंग २००१ सालमा भारतको देहरादुन गएका थिए। उनी सानैदेखि खेलप्रेमी थिए, उनमा खेल प्रतिको मोह अध्ययन भन्दा पनि बढि थियो। उनी आफुमा खेलप्रतिको भावना प्रिय मिल्ने सहपाठी दोरण शेरचनको कारण जागेको बताउछन्। त्यो समयमा उहाँ नेपालको ‘ए डिभिजन’ लिगमा जाउला खेल क्लबदेखि सबै भन्दा कान्छो प्रतिस्प्रधिको रुपमा हुनुहुन्थ्यो। सुमित अध्धयनको शिलशिलामा भारतको देहरादुनमा श्री सारदा शिसु विद्यालयमा भर्ना हुन पुगे। यसरी आफु त्यस विद्यालयमा भर्ना भई पढ्न पाउँदा आफुलाई धेरै सौभाग्यशाली ठानेको पनि बताउछन्। यस विद्यालयको संस्थापक स्व: श्री रघुबिर थापा ज्यु (जादु हवल्दार) हुनुहुन्थ्यो। उहाँ एक भारतको राष्ट्रिय खेलाडी पनि हुनुहुन्थ्यो। उहाँको छोरा ओम थापा र अर्को इन्डियन आर्मीको हानेरी क्याप्टेन हरि प्रसाद राई ज्यु लाई आफ्नो प्रशिक्षक रुपमा रहेको पनि उनले बताए। त्यस विद्यालयमा पढ्दा उनले भलिबल, बक्सिङ्ग,ह्यान्डबल र दार्ट्समा राष्ट्रिय रुपमा खेल्ने मौका पाएका थिए। आफु यसरी खेलहरु खेल्ने क्रममा त्यसै विद्यालयका प्रबन्धक निर्देशक किशन कुमार थापा र प्रध्यानाध्यापक बिक्रम सिंह रावत, श्री रबिन कुमार राना ज्यु ले अझै खेलहरु खेल्नु पर्छ र आफ्नो साथ-साथै परिवारको नाम समेत राख्नु पर्छ भन्दै हौसला दिएको हिमालयन कंगारू मार्फत बताउछन्। आफुमा खेलप्रतिको रुचिको साथै सपोर्ट गर्ने सहयोगी हातहरु भएको हुँदा उनले स्कुल लेभलमै क्षेत्रिय स्तरसम्म फूटबल र भलिबल खेल मार्फत आफ्नो प्रतिभा देखाउने मौका पाए। यसरी उनले गरेको मेहनत र खेलप्रति समर्पितको कारण एउटा खेल खेले स्वरुप भने पनि अथवा छात्रवृति भने पनि अनेकौं विद्यालयमा नि:शुल्क अध्धयन गर्ने अवसर पाएका थिए। भारत अवस्थित गोर्खाली समुदाय लगायत विभिन्न ठाउँहरुबाट उनमा हौसला बढाउनको लागि पुरस्कार प्रदान गरिएको थियो भने उनलाई होस्टेलमा नि:शुल्क रुपमा पढ्ने वातावरण समेत गरिदिएको कुरा उनी बताउछन्। उनी उमेरले सानो भएतापनि खेल कै मध्यमबाट आफुलाई चिनाउन सफल भएका व्यक्ति हुन्। आफु सानो भईकन पनि – जोर्स टेलिग्राफ कोलकत्ता, गोर्खा बोइज्स, आर्मी ११ जस्ता ठुला ठुला क्लबहरुबाट खेल खेलेका थिए। आफ्नो र परिवारको साथै देशको समेत नाम रोशन गर्छु भन्ने हिसाबले अगाडी बढेका उनमा मात्र – खेल स्वास्थ्यको लागि र खेलाडी राष्ट्रको लागि भन्ने मनसाय थियो। यहि विचारधाराका साथ उनी इन्डियाको कुनै पनि शहरमा खेल खेल्न छोडेका थिएनन्, किनकी उनी आफ्नो नेपाल र नेपालीको नाम रोशन गर्न चाहन्थे। यसैक्रममा खेलकुद माध्यमबाट अल इन्डिया फूटबल टुर्नामेन्ट छनोट हुने समयमा आफु एक मात्र नेपाली रहेको बताउछन्। अहिले त्यो क्षणलाई सम्झिदा निकै भाग्यमानी भएको पनि बताउछन्। यसरी नै विभिन्न क्लबहरुबाट खेल खेल्ने शिलशिलामा The Passion India Foundation (TPIF) ले आयोजना गरेको 20th फेव्रुअरी २०१० मा एउटा राष्ट्रिय खेल न्यु दिल्लीमा खेल्ने अवसर पाएका थिए। त्यस खेलको क्याम्पमा रहँदा उनको भेट भारतका नामी खेलाडीहरु भाइचिङ्ग भुटिया, सुनिल क्षेत्रिसंग भेट अनि खेल खेलेका थिए। त्यसदेखि उनी भारतको विभिन्न ठुलाठुला टुर्नामेन्टहरुमा भाग लिने गरेका रहेछन्। ONGC टुर्नामेन्ट, UK लिंग र अनि त्यस्तै अर्को ‘RANN’ २०१० FIGHT FOR GLORY गुरुकुल कांग्री बिश्वबिद्यालय हरिद्वारले आयोजना गरेको ‘ALL INDIA Annual Sports Meet’ मा सहभागिता जनाई द्वितीय स्थान हात पार्न सफल भएका थिए। यस टुर्नामेन्टको फाइनल खेल खेल्ने क्रममा उनी गम्भीर घाइते हुन पुगे। उनको दाँया खुट्टा गहिरो चोट लागेको हुँदा खुट्टालाई शल्यक्रिया नै गर्नु पर्ने अवस्था आएको थियो। आफ्नो खुट्टाको उपचारको क्रममा डाक्टरले लामो समयको आराम गर्नु पर्छ भन्ने सल्लाह दिँदा दिँदै पनि उनी अर्को बाँया खुट्टाको सहायता लिएर भए पनि खेल खेल्न छाडेनन्। उनी इन्डिया छिट्टै नफर्किने गरेर खेलको साथसाथै आफ्नो अध्धयनलाई निरन्तरता दिँदै +२ सम्मको पढाई समापन गरेर आफ्नो बाबाममी, भाइबहिनीसंग लामो समयपछिको आफ्नो जन्मथलो म्याग्दी फर्केका थिए। यसरी नेपाल फर्किए पनि आफ्नो खेललाई भने निरन्तरता दिन छोडेका थिएनन्। उनले क्षेत्रिय स्तरको कयौं टुर्नामेन्टहरु पनि खेलका थिए। आफ्नै ठाउँमा JPC CLUB बाट खेल खेल्ने क्रममा फेरी आफ्नो पुरानो आत्मिय मित्र दोरण शेरचनसंग भेट हुन पुग्यो। यसरी भेट भएसंगै दुबैजना सोहि क्लबदेखि विभिन्न ठाउँमा गएर खेलहरु खेल्न थाले। शेरचनले उनको खेलप्रतिको लगाबसंगै खेल प्रदर्शन राम्रो रहेको हुँदा जाउला खेल क्लब काठमाडौँ जानुपर्छ भनेर उत्प्रेरणा दिएका रहेछन्। दुबै मित्र संगै खेल खेलेर आफ्नो जित हासिल गर्दा निकै गौरन्वित भएको कुरा पनि सम्झिन्छन्। र उनी आफ्नो खेलप्रतिको लगाबले गर्दा आफुमा भएको केहि प्रतिभा, खुबी अरुलाई बाड्नको लागि K .B Academy मा खेल शिक्षक (कोच) को रुपमा भर्ना हुन् पुगे। त्यहि एकेडेमीमा ५/६ वर्षसम्म कार्यरत रही शिष्यहरुलाई प्रशिक्षण दिएर प्राइमरी, जुनिएर र सिनिएर लेभल सम्म आफ्नो शिष्यहरुलाई सहभागिता गराई विभिन्न प्रतियोगितामा आफ्नो टिमले जित हासिल गरेको कुरा हिमालयन कंगारूलाई बताउछन्। यसरी आफ्नो टिमले जित हासिल गर्दा आफ्नो मेहनतको फल प्राप्त भए जस्तै लाग्थ्यो भन्ने कुराको जानकारी गराउछन्। उक्त एकेडेमीलाई माथिसम्म पुर्याउन अर्थात् सगरमाथाको जस्तो उचाईसम्म पुर्याउन सहयोग गर्नुहुने संस्थापक अध्यक्ष श्री शिब नारायण फगामी ज्यु (उनको गुरु ), प्रध्यानाध्यापक स्व: कर्मा लामा ज्यु, प्रबन्धक निर्देशक हिरा बहादुर पुन थिए। त्यस्तै बिमल शर्मा ज्यु लगायत सम्पूर्ण एकेडेमी परिवार र आफ्नो प्रिय शिष्यहरुले जिल्ला क्षेत्रिय स्तरमा आफ्नो कला कौसल देखाएर यस विद्यालयमा नाम राख्न सफल भएका थिए।

उनी चाहान्थे नेपालमा सक्षम खेलाडी बनेर नाम राख्न सकु, तर बिडम्बना उनी चोटग्रस्त र नेपालको खेलकुद र खेलाडीको भविष्य माथी सरकारले गरेको बेवास्ता र राजनीतिक प्रभाबको कारण उनलाई खेल प्रतिको मोह कम हुन थाल्यो, समयले उनी अहिले अष्ट्रेलियामा बसोबास गर्छन्। सानैबाट खेलाडी बन्ने चाहाना राखेका सुमित चोट ग्रस्त भएतापनि अहिले साउथ अष्ट्रेलियामा Unley United क्लबबाट लेफ्ट डिफेन्सको भूमिकामा रहेर खेल खेल्छन्। त्यस क्लबमा पहिला खेल्ने उनी एक मात्र नेपाली खेलाडी थिए तर अहिले एक दुइजना नेपाली खेलाडीहरु थपिएको कुरा उनी बताउछन्। सोहि टिमबाट खेल खेल्न पाउँदा आफुलाई निकै गर्भिलो महशुस गर्छन्।

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले स्पोर्ट्स टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल साउथ अष्ट्रेलियामा बसोवास गरिरहनु भएका र Unley United क्लबमा २०२० देखि आबद्ध रहँदै आउनु भएका सुमित मल्ल ठकुरीसंगको कुराकानी प्रस्तुत गरेका छौँ। यस अघि उनी २०१८/१९ को सिजन आफ्नै नेपाली क्लब खुकुरी क्लब एडिलेड र Beni FC जो आफ्नो होम टाउनको क्लबदेखि पनि खेल्ने गर्थे।

तपाईलाई कस्तो कस्तो खेल मन पर्छ ?
मलाई सानैबाट खेलकुद सम्बन्धी धेरै नै रुचि थियो। त्यसैले म आफ्नो अध्ययनको क्रममा पनि विभिन्न खेलकुदको प्रतियोगिताहरुमा सहभागिता जनाउने गर्थे। मलाई एकदमै मनपर्ने खेल चाहिँ फुटबल हो तर भलिबल, बक्सिङ्ग, दार्ट्स जस्ता खेलहरु पनि मन पर्छ। बिचमा खेलको क्रममा घाइते हुन पुग्दा खेलबाट अलि टाढा भएको जस्तो भएको थियो तर अहिले भने खेल प्रतिको रुचिलाई निरन्तरता दिएको छु। मैले अहिले पछिल्लो समयमा भने फुटबल खेल खेल्न थालेको छु।

तपाईलाई यसै खेल प्रतिको रुची कसरी आयो ?
सुरुमा मैले अरु खेलेको हेर्ने गर्थे। त्यसपछि आफ्नै साथी दोरणसंगको संगतले गरेर बिस्तारै आफु पनि खेल्ने र अरु पनि खेलेको देख्दा खेल प्रति रुचि बढ्दै गयो।

हजुरहरु कति टिम हुनुहुन्छ यस खेलमा ?
हामीहरु यस खेलमा २ वटा टिमहरु छौँ। यसमा हामी ४५ देखि ५० को आसपासमा छौं। इटाली, स्पेन, फ्रान्स, जापान, हंगकंग, इन्डिया र नेपाल जस्ता विभिन्न देशहरुबाट खेलाडीहरु जोडिन आइपुगेको हुँदा क्लबको नाम पनि Unley United जस्तै भएको छ।

तपाइ यस खेलमा कुन पदमा रहेर भूमिका बहन गर्नु भएको छ ?
म यस खेलमा खेलाडी कै पदमा रहेर भूमिका निर्वाह गरेको छु र कुनै समयमा आवश्यक परेको खण्डमा भने रिजर्भ टिमको निर्णायक भूमिका पनि निर्वाह गर्ने गरेको छु।

खेल हेर्न अथवा खेल्न कुन -कुन ठाउँमा पुग्नु भएको छ ?
म खेल खेल्न र हेर्नको लागि टाढा भने गएको छैन। अष्ट्रेलिया ठाउँहरुमा भने लगभग पुगेको छु। यहाँ भन्दा बाहिर एकचोटी फ्रान्स जाने मौका मिलेको थियो, त्यो बेला केहि कारणबस जान सफल भएनौं।

तपाईको अनुभवमा खेल कत्तिको व्यवस्थित तरिकाले अगाडी बढेको जस्तो लाग्छ ?
नेपालमा भन्दा अष्ट्रेलियामा खेलहरु धेरै नै विकशित छ। नेपालको तुलना अष्ट्रेलियासंग गर्न मिल्दैन किनकी अष्ट्रेलिया धेरै विकशित देश हो। नेपालको तुलनामा खेलहरु खेल्ने ठाउँ र खेलाडीहरुलाई दिने सेवासुविधा धेरै व्यवस्थित छन्। अष्ट्रेलियन सरकारले खेलाडीहरुलाई यहाँ धेरै सहयोग गर्छ भने नेपालमा त्यस्तो व्यवस्था छैन त्यसैले मेरो अनुभवमा नेपालमा भन्दा अष्टेलियामा धेरै विकशित अनि सेवासुविधा भएको कारण खेलहरु अगाडी बढेको जस्तो लाग्छ।

नेपाली खेलाडीहरुलाई विश्व सामू चिनाउन कस्तो – कस्तो कदम चाल्नु पर्ला ?
नेपाली खेलाडीहरुलाई विश्व सामु चिनाउनु भन्दा पनि पहिला उनीहरुलाई राम्रो सेवा सुविधा दिनु जरुरी छ। आफ्नो देशलाई चिनाउनलाई उनीहरुमा यो मेरो लक्ष्य हो देशका लागि गर्नुपर्छ भन्ने हिम्मत जगाउनु र आउनुपर्छ साथै खेल प्रति ध्यान पनि दिनुपर्छ। खेलमा जस्तो पाए त्यस्तै खेलाडीलाई राख्नु भएन, खेलमा राजनीतिक हुनु भएन, एउटाले गर्दापनि खेल हार्न सकिन्छ। सबैभन्दा पहिला खेलाडीलाई कुन खेलाडी कत्तिको खेल्न सक्छन्, कुन खेलाडीसँग कस्तो प्रतिभा छ। खेलहरुमा आफन्ती भनेर राख्ने होइन कि खेल्न जान्ने नजान्ने त्यसलाई पनि हेर्नु पर्छ। खेलमा हाम्रालाई होइन राम्रालाई छनोट गरियो भने र खेलाडीले कडा परिश्रमका साथ खेल खेलेमा अनि सरकारले खेलाडीहरुलाई दिने पारिश्रमिकको व्यवस्था गराइदिएमा सहजै रुपमा आफ्नो देशलाई विश्व सामु चिनाउन सकिन्छ जस्तो लाग्छ।

नेपाली खेलकुद समितीलाई केहि सुझाव दिन चाहनु हुन्छ ?
नेपाली खेलकुद समिती म भन्दा उहाँहरु धेरै जान्ने बुज्ने हुनुहुन्छ। तर पनि खेलाडीहरु छनोट गर्दा हाम्रालाई होइन राम्रालाई र अनुसाशित खेलाडीलाई मात्र छनोट गर्नुहोला र फूटबल मात्र नभएर सम्पूर्ण खेल खेल्ने खेलाडीहरुलाई सेवासुविधाको राम्रो व्यवस्था गर्नुहोला भन्न चाहन्छु।

(मलाई सहयोग गरेर यो ठाउँसम्म पुर्याउनु हुने सम्पूर्ण मेरो प्रशिक्षकहरु र आफन्तीजनहरुलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। यदि कसैलाई मैले सम्झिन छुटाएको छु भने, त्यसको लागि म क्षमा प्राथी छु) जय खेल, जय नेपाल