मेलबर्नकी ग्याबी कानीजे बनिन्, सगरमाथाको शिखर चुम्ने कान्छी अष्ट्रेलियन

0
145
ग्याबी कानीजे

अष्ट्रेलिया। १९ वर्षकै उमेरमा मेलबर्नकी ग्याबी कानीजे सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अष्ट्रेलियन नागरिक बन्न सफल भएकी छिन्। मे १६ तारिखका दिन उनी आफ्नी आमा जेन क्यानिजेको साथमा विश्वको सर्वोच्च शिखर टेकी आफ्नो छुट्टै परिचय बनाउन सफल भएकी हुन्।

दुई वर्ष अघि सगरमाथा आरोहरण गर्ने योजना बनाएकी क्यानिजेले विभिन्न कारणबस पुरा हुन् नसकेको सपनालाई अहिले पुरा गरेकी छिन्। उनी यतिमा मात्र रोकिएकी छैनन्। उनी सगरमाथाबाट बेसक्याम्पमा ओर्लिँदा नओर्लिदै अर्को अग्लो हिमालय ल्होत्सेको चुचुरोमा पुग्ने योजना पनि बनाएकी छिन्। ग्याबीले यसअघि सन् २०१६ मा सगरमाथा चढ्ने कान्छी अष्ट्रेलियन एलिसा अजरको रेकर्ड समेत तोडेकी छिन्। एलिसा चुचुरोमा पुग्ने बेला ग्याबीभन्दा केही महिना मात्रै जेठी थिइन्।

आमा छोरीलाई सगरमाथा आरोहरणमा नेपालका शेर्पा गाईड टेण्डी शेर्पाको समुहले सहयोग गरेका थिए। यसरी सगरमाथाको सफल आरोहण पश्चात उनले प्रतिक्रिया दिइन् “म जब यहाँ आएँ यहाँको वातावरणसँग मुग्ध भएँ। यहाँका मान्छेहरु अनि वरपरका विशाल हिमालहरुसँग मेरो प्रिति बस्यो।” तर, उनले सगरमाथाको आरोहण सोचेभन्दा १० गुणा बढी गाह्रो भएको पनि बताईन्।