देउखुरीको गढवा गठबन्धनका उम्मेदवार विजयी

0
80

देउखुरी, ४ जेठ

देउखुरीको गढवा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल छ हजार ९०९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सर्वजीत डीसीले ६ हजार १६७ मत ल्याउनुभयो । उपाध्यक्षमा नेपाली कांग्रेसका शारदाकुमारी चौधरीले पाँच हजार ८८१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सीताकुमारी चौधरीले चार हजार ८३०मत ल्याउनुभयो । (रासस)