बागलुङको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

0
63

बागलुङ, ४ जेठ 

बागलुङ नगरपालिकामा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले १४ हजार ६७८ मत ल्याएर प्रमुखमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जनकराज पौडेलले आठ हजार ८२१ मत प्राप्त गर्नुभएको छ । विसं २०७४ को चुनावमा भने श्रेष्ठलाई पराजित गरी पौडेल प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का राजु खड्का विजयी हुनुभएको छ । खड्काले १२ हजार ४२७ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जय खड्काले आठ हजार ६५ मत प्राप्त गर्नुभएको छ । यहाँ पाँच दलीय र एमाले–राप्रपा गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भएको थियो । (रासस)