तिरहुत गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

0
90

राजविराज, ४ जेठ  

सप्तरीको तिरहुत गाउँपालिकामा जसपालाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयबाट प्राप्त जानकारीअनुसार जिल्लाको तिरहुत गाउँपालिका अध्यक्षमा विजय यादव निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ५५६ मत ल्याएर सो गाउँपालिकामा विजयी हुनुभयो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हेमन्तकुमार बहडखेर यादवले दुई हजार ९८६ मतमात्र ल्याउनुभएको छ । यस्तै उपाध्यक्षमा कांग्रेसकै विनादेवी गोइत यादव निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ५१ मत ल्याउनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकै उपाध्यक्षका उमेदवार रामवतीदेवी मण्डलले तीन हजार २० मत ल्याउनुभएको छ । (रासस)