अष्ट्रेलियाको भिक्टोरियामा थप १४ हजार २ सय २० जना कोरोना संक्रमण पुष्टि

0
84

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १४ हजार २ सय २० जना नयाँ संक्रमित थपिएका छन्। बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २५ हजार ३ सय ४२ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा २२ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ७८ हजार १७ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय १० जनाको अस्पतालमा उपचार भइरहेको छ।