“आफ्नो भविष्यको लागि विदेश सेटल हुने हुँदा, नराम्रो भन्न मिल्दैन”

0
132

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भरतपुर घर हुनुभएकी कन्चन पौडेलसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो साथीले उपहार पठाइदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफु टाढा भएपनि मेरो लागि सम्झेर उपहार पठाएको हुँदा धेरै खुसी लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया जानुभएको ३ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उहाँ अष्ट्रेलियाको सिड्नीमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
अष्ट्रेलिया जस्तो विकशित देशमा गएर आफ्नो पढाईको साथसाथै भविष्य राम्रो बनाउन गएको हुँदा अवश्य पनि खुसी लाग्छ नि !

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वमा मात्र होइन, आफ्नो आफन्त साथीभाईहरु आफुबाट टाढा हुँदा हरपल सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
नेपालमा बसेर आफ्नो परिवारको साथमा छु भन्न मात्र हो। यहाँ केहि रोजगार गरेर आफ्नो महिनावारी तलवले घर खर्च चलाउन पनि गाह्रो पर्छ। आफ्नो भविष्य बनाउन र पैसा कमाउनको लागि आफ्नो परिवारको काखमा बसे जस्तो सजिलो हुँदैन। जता बसेपनि दु:ख नै गर्नुपर्छ। त्यसकारण दु:ख अनुसारको जता छिटो सुख पाइन्छ, उतै सेटल हुनु ठिक लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिलेसम्म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको वातावरण, सरसफाई, पढाई सबै कुरा राम्रो लाग्छ। अष्ट्रेलिया बारे नराम्रो मलाई त्यस्तो केहि लाग्दैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
अष्ट्रेलिया म घुम्नको लागि जाने सोच बनाएको छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
सबै नेपालीहरु आफ्नो भविष्यको लागि यी देशहरुमा सेटल हुन जान्छन, त्यसकारण हामीले यसलाई नराम्रो भन्न मिल्दैन। आफ्नो देशमा सानोतिनो रोजगार गरेर बस्नुभन्दा यी देशहरुमा गएपछि धेरै कुराको विकास हुन्छ र आफ्नो क्षमतामा पनि विकास ल्याउन सकिन्छ। मेरो विचारमा नेपालमा खाली हात बस्नुभन्दा समयसमयमा परिवारलाई भेट्न आउँदै गर्ने बाकी उतै बसेको राम्रो हुन्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो ख्याल राख्नुहोला भन्न चाहन्छु।