मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १३ हजार ६ सय ९४ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १४ हजार ४ सय ९५ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा २० जना संक्रमितले ज्यान गुमाएका छन्।
भिक्टोरियामा हाल ७७ हजार ८ सय ९ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय १६ जनाको अस्पतालमा उपचार भइरहेको छ।