“आफ्नो करियर राम्रो बनाउन विदेशिन बाध्य छन् :नेपाली”

0
133

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले नुवाकोट घर हुनुभएकी एन्जी तामांङ्गसंग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो दिदीले पठाईदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
धेरै राम्रो लागेको छ। त्यति टाढाबाट आफ्नो बहिनी सम्झेर सानो भएपनि उपहार पठाइदिनुभएकोमा धेरै खुसी लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया जानुभएको १५/१६ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उहाँ अष्ट्रेलियाको गोल्ड कोस्ट क्वीन्सल्याण्डमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
दिदी अष्ट्रेलिया जस्तो विकसित देशमा जानुभएको छ, त्यसैले धेरै राम्रो लाग्छ। आफ्नो परिवारको लागि आफ्नो छोराछोरीको लागि दु:ख गरिरहनु भएको छ। त्यसरी नै आफ्नो करियरलाई अगाडी बढाउदै जानुहोला।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वको बेलामा मात्र होइन आफ्नो दिदी सधैँ धेरै सम्झना आउँछ। अरुको परिवारहरु सबै संगै बसेर चाडपर्वहरु मनाएको देख्दा हामी पनि सबै परिवारहरु संगै बसेर मनाउन पाए हुन्थ्यो जस्तो लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मेरो दिदीहरु नेपालमा भन्दा अष्ट्रेलियामा नै आफ्नो भविष्य राम्रो देखेर उतै सेटल हुनुभएको छ। त्यसैले उतै बसेको राम्रो लाग्छ, उतै सेटल भएता पनि चाडपर्वको बेला छुट्टिको बेला समय मिलाएर नेपालमा भएका आफ्नो परिवारलाई भेट्न आउनुहोला। आफ्नो देशलाई माया नमार्नु होला।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो लाग्यो ?
अष्ट्रेलियाको वातावरण, पढाई राम्रो छ।।

अष्ट्रेलियाको के कुरा नराम्रो लाग्यो ?
अष्ट्रेलियामा बढी काममा व्यस्त हुन्छन्। आफुले भनेको बेला छुट्टी पाउदैन त्यही कुरा नराम्रो लाग्छ।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न)
म अष्ट्रेलिया पढ्नको लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालको तुलनामा हेरेर मेरो विचारमा विदेशतिर नै सेटल हुनु राम्रो लाग्छ। किन कि नेपालमा आफुले भनेजस्तो काम छैन, रोजेको जस्तो पढाई छैन आफ्नो देशमा बस्ने र प्रगति हुने त्यस्तो कुनै वातावरण पनि छैन। त्यसैले नेपालीहरु आफ्नो करियर राम्रो बनाउन विदेश जान्छन् र उतै सेटेल हुन बाध्य हुन्छ। त्यसैले आफु जहाँ बसेपनि आफ्नो देशलाइ नभुल्नु, जहाँ बसेपनि आफु नेपाली नै हो र आफ्नै देशको माया गर्नुपर्छ,भन्ने सोच राख्नु पर्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
राम्रोसंग बस्नु,आफ्नो ख्याल गर्नु, आफ्नो देशलाई माया नमार्नु।