
मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ११ हजार ४ सय ६४ जना नयाँ संक्रमित थपिएका छन्। सोमबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १४ हजार ५ सय ७३ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा ५ जना संक्रमितले ज्यान गुमाएका छन्।
भिक्टोरियामा हाल ७९ हजार ९ सय २४ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय २६ जनाको अस्पतालमा उपचार भइरहेको छ।