आफ्नो भविष्य आफैँले बनाउने हुँदा, जता राम्रो हुन्छ उतै सेटल हुनु ठिक

0
171

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, मनामैजु घर हुनुभएको रितेन तामाङ्ग संग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो?
अष्ट्रेलियाबाट मलाई मेरो भाउजुले पठाइदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो घर परिवार सम्झेर त्यति टाढाबाट सानो भएपनि उपहार पठाइदिनुभएकोमा हामी सबैलाई धेरै राम्रो अनि खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया जानुभएको ७/८ बर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उहाँ अष्ट्रेलियाको सिड्नीमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
भाउजु अष्ट्रेलिया जस्तो विकशित देशमा जानुभएको हुँदा मलाई लगायत सबै परिवारलाई खुसी अनि राम्रो लागेको छ। आफ्नो करियर बनाउनको लागि परिवारदेखि टाढा जानुभएको छ,त्यसैले राम्रोसंग पढ्नुहोला हजुरको खुसीमा नै हामी सबै खुसी हुन्छौ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
अरुको परिवारहरु सबै संगै बसेर चाडपर्वहरु मनाएको देख्दा हामी पनि सबै परिवारहरु संगै बसेर मनाउन पाए हुन्थ्यो जस्तो लाग्छ। चाडपर्वको बेलामा मात्र नभई भाउजुको सधैँ धेरै सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उहाँले नेपालमा भन्दा अष्ट्रेलियामा नै आफ्नो भविष्य राम्रो देखेर उतै सेटल भएका कारण यसमा हामीहरुले केहि भन्नु मिल्दैन। भाउजु उतै सेटल भएता पनि चाडपर्वको बेला वा ३/४ वर्षमा एकचोटी समय मिलाएर नेपालमा भएका आफ्नो परिवारलाई भेट्न आउनुहोला। उहाँहरुको खुसी नै हाम्रो खुसी हो।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको बारेमा मलाई सबै कुरा राम्रो लाग्छ। अष्ट्रेलियामा भएका नेपालीहरु काममा धेरै व्यस्त भएका कारण आफ्नो घर परिवारसंग धेरै कुराकानी गर्न पाउदैनन् यहि कुरा नराम्रो लाग्छ।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो भविष्य राम्रो बनाउनको लागि विदेश गएकोमा मलाई धेरै राम्रो लाग्छ। नेपालमा आफुले रोजेको जस्तो पढाई र काम नभएका कारण उतै सेटेल भएको राम्रो लाग्छ। उतै बसेर राम्रोसंग आफ्नो कामका साथ साथै पढाईलाई पनि अगाडी बढाउदै जानुपर्छ । आफ्नो भविष्य आफैले बनाउने हुँदा जता आफ्नो भविष्य राम्रो देखिन्छ उतै सेटल भएर बस्नुपर्छ। आफु जता सेटल भएपनि आफु हुर्केको देश र घरपरिवारलाई नभुल्नुहोला।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
राम्रो संग बस्नुहोला,आफ्नो राम्रोसंग ख्याल गर्नु होला।