अष्ट्रेलियन चर्चित क्रिकेटर एन्ड्रयू साईमन्ड्सको कार दुर्घटनामा निधन

0
184

मेलवर्न। अष्ट्रेलियाका महान क्रिकेटर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा निधन भएको छ। शनिबार राति आफैंले चलाइरहेको कार क्वीन्सल्याण्डको टाउन्सभिलमा दुर्घटना हुँदा उनको मृत्यु हुन पुगेको हो।

उनको क्वीन्सल्याण्डबाट ५० किलोमिटरको दूरीमा रहेको स्थानमा दुर्घटना भएको हो। प्रहरीका अनुसार कार दुर्घटनाग्रस्त भएको खबरपछि प्रहरी पुग्दा उनी मृत फेला परेका थिए। टाउन्सभिलका कार्यवाहक प्रहरी ईन्स्पेक्टर गेभिन ओट्सले दुर्घटनाको कारणबारे अहिले नै बनाउन नसकिने र अनुसन्धान जारी रहेको बताएका छन्।

साईमन्ड्स एक चर्चित क्रिकेटर हुन्। उनले २६ वटा टेष्ट म्याचमा अष्ट्रेलियाको प्रतिनिधित्व गरेका थिए। जसमा उनी अलराउन्डरको भूमिकामा रहेर खल्ने गर्थे। उनी सहभागी टोलीले नै दुई पटक विश्वकप क्रिकेट पनि जितेको थियो। यतिबेला अष्ट्रेलियाभर उनको निधनले क्रिकेटप्रेमीहरुलाई मर्म स्तब्ध तुल्याएको छ।