अष्ट्रेलियाको भिक्टोरियामा थप १० हजार १ सय ९७ जना कोरोना संक्रमण पुष्टि

0
89

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १० हजार १ सय ९७ जना नयाँ संक्रमित थपिएका छन्। आइतबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १७ हजार ३ सय ९७ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा १० जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ७७ हजार ५ सय ३५ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय २८ जनाको अस्पतालमा उपचार भइरहेको छ।