भरतपुरमा २५ सय ८१ मत गन्दा रेनुलाई १ सय ९को अग्रता

0
429

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले १ सय ९ मतले अग्रता लिएकी छन्।भरतपुरमा २ हजार ५ सय ८१ मत गणना हुँदा नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ८० मत ल्याएकी छन्।

एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले ८ सय ७१ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय २६ मत ल्याएका छन्।