अष्ट्रेलियाको भिक्टोरियामा थप १२ हजार १ सय ६० जना कोरोना संक्रमण पुष्टि

0
37

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १२ हजार १ सय ६० जना नयाँ संक्रमित थपिएका छन्। शनिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १९ हजार ९ सय ८९ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा २२ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ७६ हजार ३ सय ८५ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय २४ जनाको अस्पतालमा उपचार भइरहेको छ।