अष्ट्रेलियाको भिक्टोरियामा थप १४ हजार ३ सय ३३ जना कोरोना संक्रमण पुष्टि

0
39

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १४ हजार ३ सय ३३ जना नयाँ संक्रमित थपिएका छन्। बिहिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २१ हजार १ सय ७० जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा १५ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ७० हजार ४ सय ४८ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय ४५ जनाको अस्पतालमा उपचार भइरहेको छ।