अष्ट्रेलिया बस्ने नेपालीहरुको लागि आजको राशिफल (मे १२)

0
104
राशिफल
राशिफल

मेष – ARIES
खेल र मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ, तर स्वास्थ्य प्रति सचेत हुनुपर्छ ।

वृष – TAURUS
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । स्वादिष्ट भोजन पाइनेछ, तर स्वास्थ्य प्रति खर्च बढ्न सक्छ।

मिथुन – GEMINI
आज कुनै कुराले मनमा शान्ति छाउला । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभ पनि रहला ।

कर्कट – CANCER
आज धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

सिंह – LEO
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ, तर स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ ।

कन्या – VIRGO
शुभ कार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।

तुला – LIBRA
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्छ । खानपिनमा पनि विचार गर्नुहोला ।

वृश्चिक – SCORPIO
मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला।

धनु – SAGITTARIUS
आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा पनि सफलता मिल्नेछ।

मकर – CAPRICORN
आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ।

कुम्भ – AQUARIUS
आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन पनि सक्छ ।

मीन – PISCES
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । यात्राको योग पनि छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।