राम बाबु गुरुङद्वारा निर्देशित फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ Orana Region Dubbo मा प्रदर्शन हुँदै

0
102

डुब्बो। बाँसुरी फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ Orana region Dubbo मा प्रदर्शन हुने भएको छ। मौलिक कथामा बनेको कबड्डीको सिक्वेल ‘कबड्डी ४’ लाई रामबाबु गुरुङले निर्देशन गरेको हो।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ। त्यसैगरी फिल्मको निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओम चन्द रौनियार हुन् भने फिल्मको कथा रामबाबु गुरुङ्ग र उपेन्द्र सुब्बाले लेखेका हुन्।

रोशन अर्यालले भिजन होम्स, स्टिल सप्लाई डुब्बो र चौतारी प्रा. लिको मुख्य प्रायोजन तथा नमस्ते इन्टरटेन्मेन्टको सहयोगमा यो फिल्म प्रदर्शनमा ल्याउन खोजेको जानकारी गराउनु भयो। साथै उहाँ भन्नु हुन्छ, ‘ डुब्बो सिनेमामा नेपाली फिल्मको समर्थन गर्न र नेपालीहरु माझ नेपालीपन झल्काउनुको साथै मनोरञ्जन गराउन डुब्बोमा ‘कबड्डी ४’ प्रदर्शन गर्न लागेको हो।’ फिल्म फाइनल म्याच कबड्डी फ्रान्चाइजीको चौथो र अन्तिम किस्ता भएकोले झनै प्रतिक्षित बनेको निर्माता टिमको दावी छ।

नेपाली रोमान्टिक कमेडीमा आधारित फिल्म ‘कबड्डी ४’ जुन ८ मा न्यु साउथ वेल्सको Orana region Dubbo सिनेमामा साँझ ६:०० बजे प्रदर्शन हुने छ। आफ्नो मौलिक संस्कृति र नेपाली समुदायलाई डुब्बो सिनेमामा पनि विकास गर्न र नेपाली चलचित्रको मज्जा लिन सम्पूर्ण नेपालीजनहरुमा रोशन अर्यालले आग्रह गर्नु भएको छ।