“नेपालको परिवेश हेर्दा भविष्य निर्माणको लागि विदेश नै सेटल हुनु राम्रो”

0
443

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले बुटवल, ट्राफिक चोक घर हुनुभएको अभिनव भण्डारीसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई दिदीले पठाइदिनु भएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
धेरै खुसी लाग्यो। दिदी हामी देखि टाढा रहेर पनि हामीलाई सम्झिएर उपहार पठाइदिनुभएको हुँदा धेरै रमाइलो अनि खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया जानुभएको ८ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उहाँ अष्ट्रेलियाको एडिलेड भन्ने ठाउँमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो करियर राम्रो बनाउनको लागि विकशित देशमा जानु भएको हुँदा मलाई खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
धेरै सम्झना आउने गर्छ। विशेष गरि तिहारको बेला सबैको दिदीभाई जम्मा भएको देख्दा दिदी को धेरै मिस हुने गर्छ। त्यो समयमा संगै बसेर रमाइलो गर्न पाए हुन्थ्यो जस्तो लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मेरो दिदी उतै सेटल भईसक्नु भयो, त्यसैले हामीले केहि भन्न मिल्दैन्। अष्ट्रेलियामा अहिले सम्म उहाँको राम्रो भइरहेको छ। अब नेपाल आएर पनि गरेर खाने त्यस्तो वातावरण छैन, त्यसैले जहाँ बसेपनि आफ्नो भविष्य राम्रो हुनु पर्यो, त्यसैमा हामी खुसी हुन्छौँ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छु।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
मलाई त्यहाँको सरसफाई, पढाई सबै कुरा राम्रो लाग्छ। नराम्रो भन्नु केहि छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म अष्ट्रेलिया घुम्नका लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालमा आफुले भने जस्तो रोजगार नपाएपछि नेपालीहरु अरुको देशमा जान बाध्य हुन्छन्। आफ्नो जन्मदेश छोडेर अरुको देशमा बस्न अवश्य पनि कसैलाई रहर हुँदैन। विदेशमा सेटल हुनु उनीहरुको बाध्यता पनि हुन सक्छ। तर मलाई के लाग्छ, भने दुइ चार पैसा कमाउन र भविष्य निर्माण गर्नको लागि विदेश गएपनि पछि आफ्नै देशमा फर्किदा राम्रो हुन्छ जस्तो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो देशलाई नभुल्नु,आफ्नो ख्याल राख्नुहोला।