अष्ट्रेलियाको भिक्टोरियामा थप १३ हजार ९ सय ७३ जना कोरोना संक्रमण पुष्टि

0
97

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १३ हजार ९ सय ७३ जना नयाँ संक्रमित थपिएका छन्। बुधबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १३ हजार ५ सय ६६ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा १७ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ६७ हजार ६ सय ८ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ५ सय ३३ जनाको अस्पतालमा उपचार भइरहेको छ।