भिक्टोरियाको स्तुपामा गाैतम बुद्ध नेपालमा जन्मस्थलसम्बन्धी दिग्भ्रम सच्याउने इयान ग्रिन सम्मानित

0
213
इयान ग्रिन सम्मानित
इयान ग्रिन सम्मानित

अष्ट्र्रेलिया। भिक्टोरियामा गाैतम बुद्ध नेपालमा जन्मस्थलसम्बन्धी दिग्भ्रम सच्याउने निर्देशक इयान ग्रिन सम्मानित भएका छन् । भिक्टोरिया राज्यको बेन्डिगो शहरमा अवस्थित The Great Stupa of Universal Compassion को हाताभित्र ७ बर्षिया छोरी बृस्टि श्रेष्ठको ब्रेन क्यान्सरका कारण मृत्‍यु भएकोले आफ्नी दिबंगत छोरीको सम्झनामा उमेश श्रेष्ठ र जेस्मिन श्रेष्ठ अर्थात् नेपालीद्धारा भिक्टोरियामा बनाइएको पहिलो गणेश मन्दिर निर्मित गरिएको थियो।

लुम्बिनी कपिलवस्तु विश्व अभियानद्वारा लाख बत्ति बालेर विश्व शान्तिको कामना गर्दै मनाइएको २६४६ औं वुद्ध जयन्ती कार्यक्रममा ग्रीनलाई अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गरेका हुन् । The Great Stupa of Universal Compassion मा गाैतम बुद्ध भारतमा जन्मिएको भनी लेखिएको थियो । त्यसपछि सम्बन्धित निकायमा पत्राचार गरेपछि बुद्ध नेपालमा जन्मिएको भनि सच्याइएको थियो।

उक्त कार्यममा प्रोफेसर एलिजाबेथ ह्यारिश, प्रोफेर जियोफ्री हन्ट, डा पौल इनग्राम, डा महिन्दा डीगाले, डा किशोर बैद्य तथा प्रोफेसर हिसाओ इनागाकीद्वारा संयुक्त रुपमा लेखिएको Buddhist Studies for the Curious: Why Study Buddhist Studies पुस्तकको बिमोचन पनि गरिएको थियो। पुस्तक बिमोचनको सन्दर्भमा निर्देशक इयानले जीवनलाई अर्थपूर्ण र सम्पन्न बनाउन बुद्धिज्मसम्बन्धी अध्ययनको महत्वबारे प्रकाश पारेका थिए ।

अष्ट्र्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा निर्माणाधिन यस स्तुपामा ठूलो रत्न गुणस्तरको २.५ मिटर अग्लो बुद्धको मूर्ति राखिएको छ । यसको निर्माण भइसकेपछि पश्चिमकै सबैभन्दा ठूलो बुद्धिस्ट स्मारक हुने र दैनिक ६०० को हारहारीमा आगन्तुक आउने अनुमान गरिएको छ । यो संख्या बुद्ध जयन्तीको समयमा हजाराैँमा परिणत हुने अनुमान गरिएको छ । साथै बेन्डिगोमा गणेश मन्दिर बनेपछि बेन्डिगोबाट हिन्दू मन्दिरका लागि मेलबर्न जानपर्ने समस्या हटेको छ भने हिन्दू परम्पराका कार्यक्रम यही गणेश मन्दिर परिसरमा गर्न सकिने भएको छ ।

प्रियंका प्रधानद्वारा उद्घोषणा गरिएको कार्यक्रममा मेलबर्नबाट करीब ८० जनाको उपस्थिति रहेको थियो । सोहीका कार्यक्रमका लागि ३ घण्टा लामो यात्रा तय गरेर समेत भक्तालुहरू आएका थिए । कार्यक्रमको समाप्तिपछि कार्यक्रममा उपस्थित विदेशी नागरिक सहित सबैले ८० वर्षकी दिलमाया श्रेष्ठ (कान्छी) को हातको टीका ग्रहण गरी आशिर्वाद ग्रहण गरेका थिए ।