“भविष्यको लागि जता सेटल भएपनि आफ्नो देशलाई कहिल्यै नभुल्नु”

0
65

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, बानेश्वोर घर हुनुभएको सुशिल बस्नेतसंग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो सालोले पठाईदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
धेरै राम्रो लाग्यो। म देखि टाढा रहेर पनि भेनालाई सम्झेर सरप्राइज स्वरुप उपहार पठाइदिएको हुँदा खुसी अनि रमाइलो लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उ अष्ट्रेलिया गएको ८/९ वर्ष भयो ।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उ अष्ट्रेलियाको कुन ठाउँमा बसेको छ, मलाई थाहा भएन।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उ अष्ट्रेलिया गएकोमा मलाई धेरै खुसी लाग्छ। नेपालमा पढाई नराम्रो भएर, आफ्नो पढाई पुरा गर्नको लागि, परिवारप्रतिको जिम्मेवारी बहन गर्ने सपना बोकेर गएको र उसको भविष्य पनि नेपालमा भन्दा सुधार हुँदै गएकोमा धेरै राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
अहिले इन्टरनेटको सुविधा भएका कारण दिनदिनै भिडियो कलमा कुरा हुन्छ। भिडियो कलमा कुरा भएपनि साथमै भए जस्तो त हुँदैन। सम्झना त धेरै आउँछ। चाडपर्वमा संगै बसेर मनाउन पाए हुन्थ्यो जस्तो लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
नेपालको भन्दा अष्ट्रेलियाको पढाई राम्रो हुनाले अष्ट्रेलिया पढ्न जाने हो। अष्ट्रेलियाको पढाई सकेपछि नेपालमा आएर केहि गर्छु भन्नलाई गरेर खानी जस्तो केहि पनि छैन। आफ्नो मेहनत अनुसारको फल जता मिठो हुन्छ उतै सेटल भएको ठिक लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया अहिलेसम्म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अहिलेसम्म अष्ट्रेलियामा नगएको हुँदा उताको बारेमा के राम्रो के नराम्रो भन्ने मलाई धेरै केहि अनुभव छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म अष्ट्रेलिया घुम्नको लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालमा राम्रो कमाई नभएर विदेश गई दु:ख गरेर बस्नु पर्ने बाध्यता छ। आफ्नो देशको माया त सबैलाई लाग्छ नि ! नेपालमा ‘गरेर खा भन्ने भन्दा गरेर खाएको देख्दा खुट्टा तान्ने’ धेरै हुन्छन्। अष्ट्रेलियाको पढाईले अन्य जुनसुकै देशहरुमा गएर आफ्नो भविष्य बनाउन सकिन्छ भने नेपालको पढाईले आफ्नै देशमा राम्रो रोजगार पाउन पनि मुस्किल पर्छ। नेपालमा दु:ख बढी आम्दानी कम छ, विदेशतिर आफ्नो दु:ख बराबरको आम्दानी पनि पाइन्छ। त्यसकारण स्वदेशमा भन्दा विदेशमा बसेर आफ्नो भविष्य निर्माण गर्नु राम्रो हुन्छ जस्तो लाग्छ। आफ्नो भविष्यको लागि आफु जता सेटल भएपनि आफ्नो जन्मभूमि देशलाई कहिल्यै नभुल्नुहोला।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो ख्याल गर्नु। राम्रो संग आफ्नो पढाई पुरा गर्नुहोला भन्न चाहन्छु।