

स्थायी घर चितवन, भरतपुर भएका विजय पौडेल (पौल) २००७ सालमा आफ्नो लक्ष्य पुरा गर्न सानै उमेरमा अष्ट्रेलिया छिरेका थिए। भर्खरै रमाइलो गर्ने उमेरमा आफ्नो घरको जिम्मेवारी बोकेर अष्ट्रेलिया गएका उनीले सुरुका समयमा सबैले जसो रेस्टुरेन्टमा भाडा माझ्ने काम बाट सुरुवात गरे। मध्यम वर्गीय परिवारमा जन्मिएका उनी एउटा कृषकको छोरा हुन्। कडा मेहनत र परिश्रम गरेर हरेक कदम हासिल गर्न सकिन्छ भन्ने सोच राख्ने विजय पौडेलले अष्ट्रेलिया आएर संगीत विषयमा बिद्या बाराधि गरे, धेरैलाइ मन पर्ने गितार उनले अष्ट्रेलियामा नै विद्यार्थी जीवनमा सिके ।
धेरै वर्षको कामको अनुभव, अष्ट्रेलियाको नेपाली समाजमा सक्रिय युवा अभियन्ताको रुपमा विजय धेरै पहिले देखिनै हिड्ने गर्थे। विजयले केहि अरु केहि व्यवसायमा हात हलिसके र केहि ठक्कर खाए पछि, के होला त मेरो लागि भन्ने सोचमा सधैँ व्यापार व्यवसायलाइ नै प्राथमिकता दिए। यसै क्रममा विजयले REAL ESTATE व्यवसाय सम्बन्धि पढाई गरि सोहि व्यवसायमा आफ्नो काम अगाडी लागेका थिए। केहि वर्ष अष्ट्रेलियाका परिचित REAL ESTATE कम्पनीमा काम गरेर २०१७ सालदेखि समकर्मी साथी भाई मिलेर उनले आफैँले व्यवसाय सुरु गरेका हुन्। बिगतको दिनदेखि लिएर अहिलेको दिनसम्म आइपुग्दा अष्ट्रेलियाको विभिन्न शहरहरुमा Multi Dynamic Real Estate छाएको गर्दा गर्वको महशुस भएको उनले बताउछन्।
तपाइले व्यवसाय सुरु गर्दा कसरी गर्नु भयो ?
मैले पहिला यही काम गर्छु भनेर त सोच आएको थिएन। अष्ट्रेलिया आएपछि सुरुमा अरु साथीहरुसंग काम गरी यसैको बारेमा अनुभवहरु बटुल्ने र के कस्तो हो भनेर बुझ्ने गरे। यसरी लगभग २ वर्षसम्म त मैले व्यवसाय संचालन नगरी बाहिर नै काम गरेको थिए। पछि यसरी काम गर्दै गर्ने समयमा मेघ राज पौडेल र बिष्णु प्रभात सापकोटासंग संगै मिलेर आफ्नै व्यवसाय संचालन गरौ न त भन्ने सोच अनुरुप हामीले आफ्नै मल्टी डायनामिक सुरु गर्यौ । आफ्नो साथसाथै अरुको लागि पनि केहि हदसम्म सहयोग हुने खालको काम गरु कि भनेर Real Estate व्यवसाय संचालन गरेका हौँ। यससम्बन्धी पहिल्यै देखि नै अनुभव भएको हुँदा पनि हामीले यो व्यवसायमा हात हाल्न सहज भयो।
यो व्यवसायबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
नेपालको परिवेश अनुसार हेर्ने हो भने त दलाल काम भन्ने हुन्छ तर यहि काम गर्नको लागि अष्ट्रेलियामा लाइसेन्स प्राप्त दक्ष हुनुपर्छ। साथै यस व्यवसायको लागि बोल्ने तरिका देखि लिएर यसैसम्बन्धी ज्ञान हुनु जरुरी हुन्छ, त्यसकारण यो व्यवसाय संचालन गर्नु आफैँमा एउटा ठुलो चुनौती हो जस्तो लाग्छ, जुन अहिले हामीले गरिरहेका छौं। सम्पूर्ण ग्राहकहरु हाम्रो कामबाट धेरै सन्तुष्ट भएको फिडब्याक आउदा, हामी पनि आफ्नो कामको मेहनत, लगनशिलताले आज जहाँ छौ, धेरै नै सन्तुष्टि छौं।
तपाइको व्यवसायले दिने सेवाहरु के-के हुन् ?
हामीले यहाँको घरहरु भाडामा लगाउने लगायत मुख्य तया घर जग्गा सम्बन्धि कारोबारहरु गर्छौ। किन्ने मान्छेलाई सहयोग गर्छौ र बेच्ने मान्छेलाई पनि सहयोग गर्छौ।
यदि MULTI DYNAMIC REAL ESTATE सम्बन्धी सुविधा लिनु पर्यो भने तपाइलाई कसरी सम्पर्क गर्ने ?
अष्ट्रेलिया अवस्थित कसैलाई पनि आफ्नो पछिको भविष्यको बारेमा सोच्ने हो भने घर एकदमै आवश्यक छ। घर किन्ने विषयमा भरपर्दो अनि विश्वाशिलो कम्पनिसंग सल्लाह लिने भन्ने कुरामा दुइमत छैन । यस्तो घरहरु किनबेच गर्ने भन्ने कुरा सानोतिनो पनि होइन त्यसैले जोकोहीलाई तत्कालै विश्वाश गर्न पनि गाह्रो हुने गर्छ। यस्तो समयमा अब चिन्ता नलियी तपाईहरुले हामीलाई www.multidynamic.com.au हाम्रो वेवसाइटमा गएर आफ्नो कुरा राख्न सक्नु हुन्छ या हाम्रो फेसबुक पेजमा गएर वा हाम्रा मल्टि डायनामिकमा कार्यरत कसैलाई पनि फोन गरेर सेवा लिन सक्नु हुन्छ। हजुरको सहजताको लागि हामि अहिले अस्ट्रेलियाका विभिन्न सहर समेत गरि ५/६ ओटा अफिसमा छौ। तपाईले जहापनि हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ। ग्राहकहरुलाई जता सहज हुन्छ त्यतै हामीले सुविधा दिने गर्छौ।
तपाइको विचारमा जागिर सहज कि व्यवसाय सहज ?
यी दुवै आ-आफ्नो पाटोमा सहज हुने गर्छ तर मैले व्यवसाय गरेको भएर व्यवसाय नै ठिक लाग्छ। यसको मतलब जागिरलाई नराम्रो भन्न खोजेको होइन। यदि नेपाली समाज अगाडी बढाउनु छ भने राम्रा राम्रा व्यवसायहरु लाइ अगि सर्दै जानुपर्छ। व्यवसायमा लगानी गर्न खर्च लाग्न सक्छ, फरक बाटो अपनाउनु पर्छ, जोखिमपूर्ण हुन सक्छ भन्दैमा व्यवसायलाइ लिएर अगाडी लैजाँदा अरुलाई सहयोग पनि मिल्न सक्छ। व्यवसाय संचालन गर्दा आफुले मात्र नभएर अरु थुप्रैलाई रोजगारीको अवसर मिल्ने हुँदा व्यवसाय सामाजिक विकासको अभिन्न अंग हो ।
आगामी दिनहरुमा व्यवसायलाई कसरी अगाडी बढाउने योजना बनाउनु भएको छ ?
५ वर्षको अन्तरालमा जति भईरहेको छ धेरै राम्रो भएको छ। अझै हामीले हाम्रो व्यवसाय माथि उकास्नको लागि धेरै ठाउँमा अफिस संचालन गर्ने योजना बनाएका छौं। नेपालीहरु जहाँ जहाँ पुगेका छन् त्यही त्यही ठाउँमा हाम्रो सुविधा दिने योजना बनाएका छौं। यसका साथै अष्ट्रेलियामा रहने नेपालीलाई मात्रै नभई सम्पूर्ण अष्ट्रेलियन सामु हाम्रो सेवा उपलब्ध गराउने बाटोमा हामी हिडिरहेका छौं। यसको लागि हामीलाई केहि समय लाग्न सक्छ तर हामी हार मान्ने छैनौं र ग्राहकहरुको खुसीको लागि हाम्रो प्रयास हरपल जारी रहने छ।
तपाई व्यवसाय बाहेक के गर्नुहुन्छ ? समयको म्यानेज गर्न कतिको सहज हुन्छ ?
मैले अहिले यो व्यवसाय बाहेक अरु केहि काम भनेर गरेको छैन। म नेपाली समाजमा सकेको आफुले सहयोग गर्ने अनि मल्टि डायनामिकको तर्फ़ बाट पनि हामी विधिन्न कार्यक्रम संग आबद्ध हुने गर्छौ। हामीलाई समय मिलेसम्म हामीले आफ्नो व्यवसायलाई कसरी अगाडी बढाउने भन्ने बारेमा नै सोचिरहेका हुन्छौ।
अन्त्यमा मैले सोध्न बिर्सेको र तपाईले आफ्नो ग्राहकलाई भन्न मन लागेको केहि छ कि ?
सुरुको दिनदेखि अहिलेको दिनसम्म हामीलाई विश्वास गरेर सेवा गर्ने मौका दिनुहुने हाम्रो ग्राहकहरु सबैलाई धेरै धेरै धन्यबाद भन्न चाहन्छु। तपाईहरुको साथ र सहयोग बिना सायद आज हामी यो स्थानमा आउने थिएनौ, त्यसैले आगामी दिनहरुमा पनि हजुरहरुको यस्तै साथको अपेक्षा गर्छौं। हाम्रो व्यवसाय समाज कै लागि विकास भएको हो। यदि तपाईहरुलाई भविष्यमा घरजग्गासम्बन्धी सेवा लिनु परेमा अथवा केहि प्रश्नहरु भएमा Multi Dynamic को जोकोहीलाई पनि सम्झन सक्नुहुनेछ। धन्यवाद !