मेलवर्नको कोबर्ग लेक पार्कमा वनभोज कार्यक्रम हुँदै,

0
143
वनभोज कार्यक्रम हुँदै
वनभोज कार्यक्रम हुँदै

मेलवर्न। ग्रेस इन्टरनेसनल एजुकेशन /माइग्रेसनको मुख्य प्रायोजनमा अष्ट्रेलियामा वनभोज कार्यक्रम हुने भएको छ। विशेष गरेर विद्यार्थी भाइबहिनीहरुको भविष्यलाई लक्षित गरी सो कार्यक्रमको आयोजना गरिएको हो।

विद्यार्थी भविष्यका कर्णधारहरु हुन्। उनीहरुलाई उच्च शिक्षाको साथै जीवन उपयोगी सिप तथा तालिमहरु हासिल गर्न निकै आवश्यक पर्ने हुन्छ। त्यसकारण यी कुराहरुलाई ध्यानमा राखेर एउटा वनभोजको मध्यमबाट पढाईको गन्तव्य बनाएर आएका नयाँ विद्यार्थीहरुलाई मनोरन्जनका साथ साथै एकअर्कासँग भेटघाट गरि आत्मीय सद्धभावना बढाउने उद्देश्यका रुपमा यस कार्यक्रम आयोजना गरिएको ग्रेस मेलवर्नका निर्देशक दीपक आचार्यले जानकारी दिनुभएको छ। कार्यक्रमलाई अझै भव्यताका साथ संचालन गर्नका लागि खाना, पेय पदार्थ, संगीत र अन्य मनोरंजन गतिविधिहरुको पनि व्यवस्था रहेको छ।

मेलवर्नको कोबर्ग लेक पार्कमा हुने भनिएको वनभोज कार्यक्रम मे २१ का दिन दिउसो १२ बजे बाट सुरु गरिने छ। अष्ट्रेलियामा पढ्न आउनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरु सो कार्यक्रममा सहभागिता हुने इच्छुक हुनुहुन्छ भने 0452022801 मा सम्पर्क गरेर अथवा हाम्रो [email protected] मा एस. एम. एस. गरिदिनुहुन साथै सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई सहभागिता जनाई सफलतापुर्वक सम्पन्न गर्न संस्थाले आग्रह गरेको छ।