“साथी पढाई र परिवारको जिम्मेवारीलाई आत्मगर्दै गएकी छिन :अष्ट्रेलिया”

0
67

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, कोटेश्वर घर हुनुभएकी यशोदा ढुंगानासंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो साथीले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
धेरै खुसी लागेको छ। म देखि यति टाढा रहेर पनि साथीलाई सम्झेर सरप्राइज स्वरुप उपहार पठाइदिएको हुँदा राम्रो अनि रमाइलो लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएको ४ वर्ष भयो।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उनी अष्ट्रेलिया गएकोमा मलाई धेरै खुसी लाग्छ। नेपालमा पढाई नराम्रो भएर, आफ्नो पढाई पुरा गर्नको लागि र परिवार प्रति जिम्मेवारी बहन गर्ने सपना बोकेर गएकी छिन्। राम्रोसंग आफ्नो करियर बनाएर फर्किनुहोला।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
धेरै सम्झना आउँछ। संगै पढ्ने, संगै हिड्ने साथीसंग टाढा हुनुपर्दा धेरै याद आउँछ। विशेष चाडपर्वहरुमा सम्झना पनि संगै बसेर मनाउन पाए हुन्थ्यो जस्तो लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
नेपालको पढाई नराम्रो भएर पढाईको लागि जाने हो ,आफ्नो पढाई राम्रोसंग पुरा गरेर नेपाल नै फर्के हुन्छ जस्तो लाग्छ।उता आफु ले सिकेको सिपलाई यहाँ आएर आफैँसंग अरुलाई पनि सक्षेम बनाए हुन्थ्यो र यहाँ नै काम संचालन गरेर नेपाल मै सेटल भए हुन्थ्यो जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ? अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न)
अहिले सम्म गएको छैन, अब अबको केहि समय पछी आफ्नो पढाई पुरा गर्नको लागि जाने सोचमा छु।

अष्ट्रेलियाको के कुरा राम्रो लाग्यो ?
म नगएको हुँदा थाहा भएन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मेरो विचारमा यस्तो लाग्छ कि, हामी आफ्नो पढाई पुरा गर्नको लागि जाने हो। आफ्नो पढाई पुरा गरेर केहि पैसा कमाएर आफ्नो देश मै फर्किनु होला भन्न चाहन्छु। त्यहाँ कुनै सिप सिकेर आफ्नो गाउँ ठाउँमा नै आएर केहि गर्नुपर्छ। उनिहरुको आ-आफ्नो सोचविचार हुनाले जता सुखमय जीवन हुन्छ उतै बसेको पनि राम्रो हो।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो स्वास्थ्यको ख्याल गर्नु, राम्रो संग पढाई पुरा गर्नु,खुसी हुनु आफ्नो देशलाई नभुल्नुहोला।