‘Universal Real Estate’ मा रहेर ग्राहकको जरुरी र आवश्कतालाई पुरा गर्दै : रायन

0
825

भनिन्छ नि ! व्यवसाय गर्न मानिसमा आट साहस र लगनशिलता चाहिन्छ, तर त्यतीले मात्र पनि व्यवसाय सफल कहाँ हुन्छ र व्यवसाय सुरु गर्न पनि लगानी चाहियाे, व्यवसायकाे याेजना चाहियाे। व्यवसाय छनाेट गर्नु पर्याे।

यसै बिचमा हिमालयन कंगारू डटकम अन्तर्गत आज हामीले अष्ट्रेलियामा रहेर आफु मात्रै नभई साझेदारीमा ‘Universal Real Estate’ संग सम्बन्धित रहेर ग्राहकको जरुरी र आवश्कतालाई पुरा गर्दै आउनु भएका रायन गैरेसंग कुराकानी गरेका छौं।

तपाइले व्यवसाय सुरु गर्दा कसरी गर्नु भयो ?
मैले सुरु देखि नै यहि व्यवसाय गर्छु भन्ने सोच त थिएन तर यहाँ आएपछि बिचमा मेरो सोचाई परिवर्तन भयो। अनि के गर्ने त भन्ने अन्योलमा पर्दै गर्दा घर जग्गा एजेन्ट पनि एक राम्रो व्यवसाय हो जस्तो लाग्यो। त्यसैले यो व्यवसायमा हात हालेको हो। यो व्यवसाय मेरो मात्रै एकलौटी त होइन, हामी दुइ जनाको साझेदारीमा संचालन गर्दै आएका छौं। यो भन्दा अगाडी पनि विभिन्न कम्पनिसंग आबद्ध भएर काम गरेको थिए भने २०१७ सालदेखि यहि ‘Universal Real Estate’मा रहेर काम गर्दै आइरहेको छु।

यो व्यवसायबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म आबद्ध भएदेखि अहिलेसम्म राम्रो नै भइरहेको छ, त्यसैले पनि म धेरै सन्तुष्ट छु। आफुले गरेको व्यवसायले राम्रो रुप र फस्टाउँदै गएपछि अवश्य खुसी त लागिहाल्छ जस्तो लाग्छ।

तपाइको व्यवसायले दिने सेवाहरु के-के हुन् ?
विशेष गरेर हाम्रो व्यवसायले घर किन्ने, बेच्ने र घरहरु भाडामा लगाउने जस्ता कामहरु गर्दै आएका छौं। यस लगतै हामीले घर लोनसम्बन्धि लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी सम्पत्ति उपलब्ध गराउने गर्छौं। कतिपय मानिसहरु अष्ट्रेलियामा आएर यहि घरजग्गा सम्बन्धि के गर्ने कसरी गर्ने भन्ने बारेमा अन्योलमा परेका हुन्छन्, त्यसैले केहि हदसम्म सहयोग होस् भन्ने हिसाबले यो व्यवसायलाई निरन्तरता दिएका दिँदै आएका छौं।

यदि ‘Real Estate सम्बन्धी सुविधा लिनु पर्यो भने तपाइलाई कसरी सम्पर्क गर्ने ?
यदि तपाईहरु हामीसंग जोडिएर कार्य गर्न चाहनु हुन्छ भने मेरो फोन नम्बर ०४१२६१९८६६ बाट सम्पर्क गर्न सक्नु हुन्छ। र अर्को तरिका भनेको [email protected] बाट पनि सम्पर्क गर्न सक्नुहुनेछ।

तपाइको विचारमा जागिर सहज कि व्यवसाय सहज ?
मेरो विचार र अहिलेसम्म मैले भोगेको सन्दर्भलाई हेर्दा व्यवसाय भन्दा जागिर गर्न नै सहज हुन्छ जस्तो लाग्छ। काम भन्ने बित्तिकै सहज त केहि पनि हुँदैन चाहे आफ्नो व्यवसाय होस् या जागिर तर यी दुवैलाई तुलना गर्दा चाहिँ जागिर गर्न सहज हुन्छ जस्तो लाग्छ। व्यवसाय गर्दा जोखिम धेरै हुने गर्छ भने जागिरमा जोखिम आइपर्ला भन्ने चिन्ता लिनु पर्दैन। व्यवसायको एउटा मालिकको रुपमा आफु रहेपछि त्यो भित्रको सबै राम्रो नराम्रो पक्षदेखि लिएर हरेक कुराहरुको समाधान गर्ने जिम्मेवारी आफैँमा हुने गर्छ जुन जागिर गर्दा यस्ता समस्याहरु भोग्नु पर्दैन। व्यवसाय आफैँमा जटिल छ, किनभने यसले धेरै मानिसहरुलाई रोजगारी सिर्जना गराउने पनि त गर्छ। त्यसकारण सबै कुरालाई मध्ये नजर गरेर हेर्दा केहि हदसम्म व्यवसाय जटिल हुन्छ भने आयआर्जन पनि उत्ति कै हुने गर्छ।

आगामी दिनहरुमा व्यवसायलाई कसरी अगाडी बढाउने योजना बनाउनु भएको छ ?
अहिलेसम्म हाम्रो व्यवसाय केहि सिमित ठाउँहरुमा छ भने अबको आउँदो दिनहरुमा यसलाई बढाएर दुइ तिन ओटा शाखाहरु बनाउने योजना बनाएका छौं। हाम्रो अफिस अहिले नर्थमा मात्रै छ अब यसलाई फैलाएर पूर्व पश्चिमसम्म पुर्याउने सोच छ। मेलवर्नको Craigieburn VIC मा रहेको हाम्रो व्यवसायलाई फरक ढङ्गले संचालन गर्दै अगाडी बढाउने योजनामा लागि परेका छौं।

तपाई व्यवसाय बाहेक के गर्नुहुन्छ ? समयको म्यानेज गर्न कतिको सहज हुन्छ ?
म यो व्यवसाय बाहेक अरु केहि गर्दिन्। आफ्नो पुरै समय नै यसमै बिताईरहेको हुन्छु र खाली समयमा परिवारसंग समय बिताउने गर्छु। यो व्यवसाय बाहेक अरु केहि नगरेतापनि समयको म्यानेज गर्न भने अलिक गाह्रो नै हुने गर्छ। किनभने यो व्यवसाय नै यस्तो प्रकारको छ कि एक ठाउँबाट अर्को ठाउँमा हिडिरहनु पर्ने हुन्छ। समय तालिका अनुसार काम गर्नु पर्ने हुँदा चाहिँ समयको म्यानेज एकदमै गर्नु पर्ने हुन्छ। एक हप्तापछि गर्ने कामको बारेमा पहिला नै थाहा हुनु पर्ने हुन्छ।

अन्त्यमा मैले सोध्न बिर्सेको र तपाईले आफ्नो ग्राहकलाई भन्न मन लागेको केहि छ कि ?
तपाईहरुलाई घरहरु किनबेच गर्न अथवा लगानी गर्नु पर्ने छ भने छिटो र सरल रुपमा हामीलाई सम्झिनु होला। सुरुमै घर किन्दा होस् या बेच्दा चुनौतीहरु धेरै नै आउने गर्छ। साथै सम्पत्तिको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा जानकारी लिन महत्वपूर्ण हुने गर्छ, त्यसैले आफ्नो एकपटकको गल्तीले पछि गएर पछुताउनु भन्दा समयमा नै ध्यान पुर्याउनु जरुरी हुन्छ। तपाईहरुको जरुरी र आवश्कतालाई पुरा गर्न अष्ट्रेलियाको मेलवर्नमा Universal Real Estate को विकास भइसकेको छ, त्यसैले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हामीलाई सम्झनुहोला। हामी सधैँ तपाईहरुको साथ र तत्परतामा लागिरहने छौं।