“भेनाको सालीलाई संदेश : स्वदेशमा जस्तो अन्य देशमा हुँदैन, आफ्नो भविष्य बनाई फर्किनु”

0
172

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले सिन्धुपाल चोक घर हुनुभएको कुमार थापा संग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो सालीले पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफु टाढा रहेर पनि भेनालाई सम्झेर सानो उपहार पठाउदा धेरै नै खुसी लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएको ४ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनी अष्ट्रेलियाको सिड्नीमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
मलाई एकदमै राम्रो लाग्छ। आफ्नो पढाई पुरा गर्नको लागि गएकी छिन। राम्रो संग पढेर आफ्नो भविष्य बनाएर आफ्नो खुट्टामा उभिन सके हामी सबै खुसी हुन्छौं।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वहरुमा मात्र होइन आफ्नो मान्छे घर परिवार देखि टाढा रहँदा उनको सधैँ सम्झना आउँछ। विशेष गरि दशैँ, तिहार, तिज जस्ता चाडहरुमा सम्झना आउँछ,संगै बसेर मनाउन पाए हुन्थ्यो जस्तो लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उसको खुसी हो। आफ्नो भविष्य राम्रो हुन्छ जस्तो लाग्छ भने उतै बसेको राम्रो हो। तर, आफ्नो देशलाई कहिले पनि नभुल्नु होला। अर्काको देश आफ्नो देश जस्तो हुँदैन त्यहाँको नियम, कानुन सबै फरक हुन्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न)
म अहिले सम्म अष्ट्रेलिया गएको त छैन तर सालीले लगेदेखि घुम्नको लागि जान चाहान्छु।

अष्ट्रेलियाको के कुरा राम्रो लाग्यो ?
म अष्ट्रेलिया गएको छैन त्यसैले मलाई त्यहाँको के राम्रो के नराम्रो थाहा छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
एक हिसाबले यो राम्रो हो र नराम्रो पनि हो। किनकि आफ्नो देश छोडेर अर्काको देशमा गएर उतै सेटल हुनु भनेको दुखको कुरा हो। अन्य देशमा आफ्नो पढाई पुरा गर्न जाने हो। तर मलाई के लाग्छ भने पढाई पुरा गरेर आफ्नै देशमा आएर केहि गरेर देखाउनुपर्छ। त्यसैले सकेसम्म आफ्नो देश मै फर्केर आउनुहोला भन्न चहान्छु।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला र आफ्नो देश प्रतिको मायालाई नभुल्नु होला भन्न चाहन्छ।