“नेपाल आउने जाने वातावरण मिलाएर, विदेश नै सेटल भए पनि नराम्रो भन्न मिल्दैन”

0
190

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, कलंकी घर हुनुभएको कपिल कार्कीसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो बहिनिले पठाइदिएकी हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मलाई धेरै खुसी लाग्यो, बहिनीले आफु टाढा रहेर पनि घरपरिवार सम्झेर उपहार पठाइदिएको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएको ५ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अहिले अष्ट्रेलियाको कुन ठाउँमा बस्छे त्यति थाहा भएन मलाई।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो पढाईलाई निरन्तरता दिँदै करियर बनाउनको लागि अष्ट्रेलिया गएकी छ। उसको प्रगतिमा नै हामी सबै खुसी हुन्छौँ त्यसैले पनि राम्रो लाग्छ ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो बहिनी हो, सम्झना नआउने भन्ने कुरा नै हुँदैन ! विशेषगरि तीज, दशैँ र तिहारमा धेरै याद आउने गर्छ। बहिनी भएपनि साथी जस्तै भएको भएर होला जतिबेला पनि कमिको महशुस हुन्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई के लाग्छ भने आफ्नो देश छोडेर अरुको देशमा धेरै दुख गर्नु भन्दा आफ्नो देशमा केहि गरेर देखाउनुपर्छ। मेरो बहिनी आफ्नो करियर बनाउन गएकी छ त्यसैले जाने आउने वातावरण मिलाएर उतै सेटल भए पनि नराम्रो भन्न मिल्दैन। जहाँ बसे पनि आफ्नो नेपाली पन, नेपाली सस्कृति र आफ्नो आफन्तीलाई भुल्नु भएन तर अष्ट्रेलिया नै छोडेर नेपाल फर्किएर हुन्थ्यो भन्ने लाग्दैन।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ? अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न )
म अहिले सम्म अष्ट्रेलिया गएको त छैन, तर पछि समय ले साथ दियो भने घुम्न जाने सोचमा भने छु।

अष्ट्रेलियाको के कुरा राम्रो नराम्रो लाग्यो ?
म अष्ट्रेलिया नगएको हुँदा त्यहाँको बारेमा राम्रो नराम्रो खासै थाहा छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
त्यो त अब आ-आफ्नो सोच हो। राम्रो काम सिकेर नेपालमा नै गएर गर्छु भन्ने सोच राख्नु भएको छ भने पनि नेपालमा अवसर नै नभएको पनि होइन। नेपालमा केहि गर्न सक्दिन अन्य देशमै सेटल हुन्छु र समय समयमा मिलाएर नेपालमा आफ्नो आफन्ती भेट्न जान्छु भन्ने सोच राख्नु भएको भए पनि राम्रो हो। तर, मलाई के लाग्छ भने युवाहरुले जे गर्छु आफ्नै देशमा गर्छु भन्ने सोच बनाउनुपर्छ अनि बल्ल हाम्रो देश विकास हुन्छ। आफ्नो परिवारसँग टाढा भएर आफ्नो देश प्रतिको मायाबाट बन्चित भएर बस्नु कसैको रहर पनि नहुन सक्छ तर त्यो भन्दैमा विदेश नै बस्नु भन्ने चाहिँ मलाई लाग्दैन।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
जता बसे पनि आफ्नो नेपालको माया नबिर्सिनुहोला भन्न चाहन्छु।