अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु

0
177

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुधबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ११ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार ५ सय १० जना अस्पतालमा उपचाररत छन् भने ६८ जना आइ.सी.यु मा छन्।